डोल्पालीलाई चुनाव भन्दा यार्साकै चटारो

डोल्पालीलाई चुनाव भन्दा यार्साकै चटारो

डोल्पा, बैशाख १८– स्थानीय तहको चुनाव नजिकिँदै गर्दा डोल्पाली भने यार्सागुम्बा टिप्ने तयारीमा जुटेका छन् । डोल्पालीका लागि मुख्य आर्थिक स्रोतको रुपमा रहेको वहुमुल्य जडिबुटी यार्सागुम्बा संकलन गर्ने सिजन सुरुभएसंगै उनिहरु तयारीमा जुटेका हुन् ।
यहाँका उच्च हिमाली पाटनहरुमा बैशाख पहिलो साता भित्रै यार्सागुम्बा उम्रिने भएतापनि सर्वसाधारणका लागि पाटन कहिले ?,कति दिनका सम्मका लागि यार्सागुम्बा पाटन खुला गर्ने,संकलन दस्तुर कती तोक्ने ? भन्ने कुरा जेठ पहिलो सात भित्रै सरोकारवालाहरुको बैठक पछि मात्र तय गरिने शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ ।
डोल्पालीका लागि बर्षभरी आधारभुत आवाश्यक्ता पुर्तीगर्ने एकमात्र माध्यम यार्सागुम्बा संकलन नै भएकाले स्थानीय तहको चुनाव भन्दा पनि यार्सागुम्बा संकलनको तयारीमा जुटेको त्रिपुरा सुन्दरी नगरपालिका–१ का स्थानीय लोकमान श्रेष्ठले बताए । डोल्पालीहरु एक साता यता विभिन्न राजनितिक दलहरुले आयोजना गर्ने चुनावि भेला,छलफल,आमसभा भन्दा पनि यार्सागुम्बा संकलनका लागि चाहिने बन्दोबस्तीका सामाग्रीहरुको किनमेलमा व्यस्त भएको श्रेष्ठको भनाई छ ।

फाइल तस्बिर

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल