इटहरी र चितवनमा सडक दुर्घटना, दुई मोटरसाइकल चालकको मृत्यु

१८ वैशाख  |   रासस

इटहरी र चितवनमा सडक दुर्घटना, दुई मोटरसाइकल चालकको मृत्यु

इटहरी, १८ वैशाख – इटहरी उपमहानगरपालिका–२० स्थित तरहरामा गएराति जन्तीको बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमा नै मृत्यु भएको प्रहरी चौकी तरहराले जानकारी दिएको छ ।

धनकुटाबाट जन्ती लिएर इटहरीतर्फ आइरहेको को १ ख ४०८४ नंको बसले को २ प ६५१४ नंको मोटरसाइकललाई ठक्कर दिँदा अन्दाजी ३५ वर्षीय मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले बताएको छ ।

मङ्गोलियन अनुहारका मोटरसाइकल चालक मृतकको शव क्षतविक्षत भएकाले उनको सनाखत हुन सकेको छैन भने बसका चालक धनकुटाको बूढीमोरङका ३२ वर्षीय कवीन्द्र लिम्बूलाई प्रहरी चौकी तरहराले नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

यसैबीच, पूर्वी चितवनको खैरहनीमा रोकिराखेको टिपरमा ठोक्किएर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी नगरपालिका वडा नं ८ स्थित बाबा ग्यास अगाडि सो दुर्घटना हुँदा राप्ती नपा– ६ का ४० वर्षीय बुद्धिराम चौधरीको मृत्यु भएको हो ।

पूर्वबाट पश्चिम आउने क्रममा यहाँ रोकिराखेको ना३ख ९३९६ नंको टिपरमा विपरीत दिशाबाट आउँदै गरेको ना४०प १९४७ नंको पल्सर मोटरसाइकल ठोक्किँदा चालक चौधरीको मृत्यु भएको हो ।

आइतबार साँझ भएको उक्त दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको गएराति उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल