बौद्ध विद्यालय आर्थिक अभावमा बन्द हुने अवस्थामा

१८ वैशाख  |   रासस

बौद्ध विद्यालय आर्थिक अभावमा बन्द हुने अवस्थामा

नवलपरासी, १८ वैशाख – यहाँको दाउन्ने डाँडामा रहेको एक मात्र बौद्ध धार्मिक विद्यालय (विद्यापीठ) आर्थिक अभावमा बन्द हुने अवस्थामा पुगेको छ ।

बौद्ध शिक्षा प्रदान गर्ने उद्देश्यले करिब दुई दशकदेखि नियमित रुपमा सञ्चालित अहिंसावादी महाबौद्ध अनाथ आधारभूत विद्यापीठ अहिले आर्थिक अभावमा बन्द हुने अवस्थामा पुगेको हो ।
आर्थिक अभावकै कारण विद्यापीठमा अध्ययन गर्ने बालबालिकाको गाँस, बास, कपास र पठनपाठनमा समस्या देखिएको छ भने भौतिक संरचनाको अभावले कक्षाकोठाको कमी र बासको समस्या देखिएको छ ।

बौद्ध भिच्छुनीले सन् २०५५ सालमा जिल्लाको हाल विनयी गाउँपालिका–२ दाउन्ने डाँडामा अहिंसावादी विद्यापीठ सँगै बालगृहको निर्माण गरेपछि नियमित रुपमा पठनपाठन गरिँदै आएको छ । मुठीदान र कर्मकाण्डबाट सङ्कलन भएको आम्दानीले चल्ने उक्त विद्यापीठमा १४० जना विद्यार्थी अध्ययनरत छन् । विद्यापीठमा नेपालको २८ वटा जिल्लाबाट अनाथ, असहाय, सुकुम्बासी र गरिब बालबालिका अध्ययनरत छन् ।

जसमध्ये १०२ जना बालबालिका बालगृहको होस्टलमा बस्दै आएका छन् । सो विद्यापीठ सञ्चालन गर्न आर्थिक रुपमा निकै समस्या परेको गृहकी सञ्चालिका सानीमाया तामाङले जानकारी दिइन ।

बौद्ध शिक्षा अनिवार्य गरी कक्षा १० सम्म पठनपाठन गराउँदै आएका यस विद्यापीठमा कक्षाकोठाको अभावले नै कक्षा ९ र १० का विद्यार्थीलाई बाहिरको विद्यालयमा अध्यापन गराउँदै आएको छ । विद्यापीठलाई चाहिने १२ वटा कक्षाकोठामा नौ वटामात्र कक्षाकोठा छन् । होस्टलमा बस्ने सम्पूर्ण बालबालिका विद्यार्थीको खाना, लत्तकपडा, बास, किताब, कलम, कापीलगायत सम्पूर्ण खर्च सो विद्यापीठले नै व्यहोर्दै आएको छ ।

पठनपाठनका लागि १३ जना शिक्षक कर्मचारी छन् जसका तलब मात्र रु एक लाख ८६ हजार हुन पुग्छ । बालगृह र विद्यापीठमा एक जनाको राहत दरबन्दी र एक जना बाल शिक्षक छन् अरु सबै निजी स्रोतमा तलब खाने गरेका छन् ।

इसापूर्वतिर उक्त दाउन्ने डाँडामा भगवान् गौतम बुद्धको आमा विवाह गर्नुभन्दा पहिला महामाया देवीको तपोभूमि अर्थात् तपस्या गरेको भन्ने लोक भनाइ छ ।

नवलपरासी जिल्लाको कावासोती, हसौरा गैँडाकोट र दाउन्नेमा गरी चार वटा बालगृहमा करिब २५० जना बालबालिका रहँदै आएका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल