हराएको अठार वर्षपछि श्रीमती र छोरी लिएर घर फर्किए लक्ष्मण

१८ वैशाख  |   रासस

हराएको अठार वर्षपछि श्रीमती र छोरी लिएर घर फर्किए लक्ष्मण

नुवाकोट, १८ वैशाख – चारघरेका लक्ष्मण भट्ट हराएको १८ वर्षपछि घर फर्किएका छन् ।

विसं २०५६ देखि परिवारसँग सम्पर्कविहीन भएका विदुर नगरपालिका–१२ साविकको चारघरे–४ का भट्ट विवाह गरी श्रीमती र एक छोरी लिएर १८ वर्षपछि घर फर्किएका हुन् ।

लामो समयपछि घर फर्किएका भट्टले मेघालय (भारत)मा रहेको कोइला खानीमा काम गर्दा पत्र पठाउन नपाएको र मोबाइलसमेत बोक्ने चलन नहुँदा सम्पर्क गर्न नसकेको बताए । सशस्त्र द्वन्द्वका समयमा घरबाट हराएका ३८ वर्षीय भट्टलाई परिवारले जीवित पाउने आश गुमाइसकेको समयमा नौ वर्षकी छोरी र भारतीय मूलकी श्रीमती लिएर घर फर्केको उनका दाजु रामलाल भट्टले जानकारी दिए ।

“मुलुकमा सशस्त्र द्वन्द्व भइरहेको समयमा घरमा बस्ने वातावरण नै थिएन”– लक्ष्मणसँगै जुम्ल्याहा दाजु रामलालले भने, “सुरक्षाकर्मीले दुःख दिन थालेपछि सम्पर्कविहीन भएको भाइको आश नै गुमाएका थियाँै, अहिले फर्कदा खुसी लागेको छ ।” तत्कालीन माओवादी जनसेनासमेत रहेका रामलालले भाइको खोजी गर्न स्थानीय शान्ति समिति, रेडक्रसको अन्तर्राष्ट्रिय संस्था (आइसीआरसी)मा समेत निवेदन दिएका थिए ।

सात दाजुभाइको पाँचौँ भाइ लक्ष्मणले बुबा वेदप्रसाद भट्टको विसं २०६८ मा मृत्यु भए पनि गाउँ आएपछि मात्र थाहा पाएको बताए । घरमा आएर सुरक्षाकर्मीले दुःख दिन थालेपछि भागेर मेघालय (भारत) पुगेको लक्ष्मणले बताउँदै लामो समयपछि फर्किएका उनले अब घरमै बसेर खेती किसान गर्ने योजना बनाएका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल