सर्पदंश उपचार केन्द्रमा सोलार जडान

१८ वैशाख  |   रासस

सर्पदंश उपचार केन्द्रमा सोलार जडान

मोरङ, १८ वैशाख – मोरङको लेटाङ नगरपालिका–४ स्थित लेटाङ सर्पदंश उपचार केन्द्रमा सोलार प्यानल जडान गरिएको छ ।

सर्पदंश बिरामीको उपचारमा सहजता ल्याउन जिल्ला समन्वय समिति र सूर्यदल गणको सहयोगमा सोलार जडान गरिएको हो ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको आर्थिक सहयोगमा रु चार लाख ५० हजारको लागतमा सोलार प्यानल जडान गरिएको हो । सोलार प्यानलको इटहरीस्थित नेपाली सेनाका पूर्वी पृतनापति प्रह्लाद थापाले एक कार्यक्रमकाबीच आइतबार उद्घाटन गरे ।

पूर्वी पृतना तालिम शिक्षालयको सहयोगमा ०६७ सालदेखि सो स्थानमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएको हो । हालसम्म सो उपचार केन्द्रबाट २३१ जनाले उपचार पाएको समितिका अध्यक्ष मिनकुमार राईले बताए ।

डेढ किलोवाटको सोलार प्यानलबाट दुईवटा फ्रिज सञ्चालन हुनुका साथै १० वटा बल्ब दुई दिनसम्म सहज रुपले बल्ने जिल्ला समन्वय समिति मोरङका ऊर्जा अधिकृत ज्ञानेन्द्र सिंहले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी यज्ञराज कोइराला, स्थानीय विकास अधिकारी सोभाखर रेग्मी, युएनडिपिका विजय सिंह तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका शालिक गौतमलगायतको सहभागिता थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल