पत्रकार महासङ्घ काठमाडौँ फेरि ताला लाग्यो

पत्रकार महासङ्घ काठमाडौँ फेरि ताला लाग्यो

काठमाडौँ, वैशाख १७ – नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखामा फेरि ताला लगाइएको छ ।

अधिवेशन भएको एक हप्तापछि पुनः केन्द्रीय पार्षद चयनमा असन्तुष्ट जनाउँदै आज ताला लगाएका हुन् ।

नेपाल प्रेस युनियन काठमाडौँका अध्यक्ष नकुल अर्यालले पार्षद चयनमा व्यावसायिक पत्रकारलाई पाखा लगाएकाले ताला लगाइएको बताए ।

‘‘राजनीतिक आस्थाका आधारमा योग्यता पुगको व्यावसायिक पत्रकारलाई पार्षद बन्न वञ्चित गरिएको छ’ उनले भने, ‘‘केन्द्रीय पार्षदका लागि आवेदन दिएका पत्रकारलाई प्रदेश पार्षद चयन गरिएको छ । यो सरासर महासङ्घको विधान विपरीत भयो ।’

नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल, प्रेस सोसाइटी नेपाललगायत छवटा पत्रकार आवद्ध सङ्घसंस्थाले ताला लगाएका हुन् ।

यही वैशाख १० गते नेपाल पत्रकार महासङ्घ काठमाडौँको अधिवेशन भएको थियो । रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल