काठमाडौँको टेकुमा भीषण आगलागी

काठमाडौँको टेकुमा भीषण आगलागी

काठमाडौँ, वैशाख १७ – काठमाडौँको टेकुमा भीषण आगलागी भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको अगाडी रहेको प्रिन्ट वल्र्ड नेपाल नामक छापाखानाबाट सल्केको आगो सँगै रहेको ४ तले घरमा सल्केको छ । आगलागीबाट घरमा पूर्णरुपमा क्षति पुगेको छ ।
कालिमाटी प्रहरी वृतका डिएसपी नवराज अधिकारीका अनुसार नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका साथै वारुण यन्त्रले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् ।

फाटो : नारायण भट्टराई

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल