गायक योगेश्वर आमात्यका आमा नेपालको पहिलो नर्स घोषित

गायक योगेश्वर आमात्यका आमा नेपालको पहिलो नर्स घोषित

काठमाडौँ, वैशाख १७ – सरकारले स्व लामु अमात्यलाई नेपालको पहिलो नर्स घोषणा गरेको छ । स्व.लामु आमात्य गायक योगेश्वर आमात्यका आमा हुन् ।

स्वास्थ्य मन्त्रालयमा आज आयोजित कार्यक्रममा स्वास्थ्य मन्त्री गगनकुमार थापाले अमात्यलाई सबै प्रमाण र तथ्यका आधारमा पहिलो नर्स घोषित गर्दै पुत्र गायक योगेश्वर अमात्यलाई आधिकारिक प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।

स्व अमात्यले सन् १९५४ मा कलकत्ता मेडिकल कलेजबाट स्टार्फ नर्स उत्तीर्ण गरेकी थिइन। उनीले विसं २०१२ फागुन ३० गते स्वास्थ्य मन्त्रालयअन्तर्गत नर्सिङ तालिम परियोजनाका लागि लोकसेवामार्फत काम सुरु गरेकी थिइन ।

नेपालमा हालसम्म पहिलो नर्स को हो भन्ने लामो समयदेखि अन्योल रहेको थियो । स्व लामु र उमादेवी दासका परिवारले पहिलो नर्स आफूलाई घोषणा गर्न मन्त्रालयमा दाबी गर्दै आएका थिए ।

दुवै पक्षले पेस गरेका प्रमाणका आधारमा स्व लामुलाई पहिलो नर्स घोषित गरिएको मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेले बताए ।

पश्चिम बङ्गालको दार्जिलिङमा १९८८ माघ १४ मा जन्मिनुभएकी स्व लामुको २०६९ जेठ १९ गते निधन भएको थियो । आमाले लामो समयसम्म देशलाई गरेको सेवाको लामो समयको प्रयासपछि सम्बोधन भएको भन्दै गायक अमात्यले खुसी व्यक्त गरे ।

आमाको नाममा सबै प्रदेशका जेहेन्दार छात्रालाई नर्सिङ अध्ययनका लागि सहयोग गर्ने सोच भएकाले यसबारे छिट्टै निर्णय गरिने गायक अमात्यले जानकारी दिए । रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल