खोँचमा खसेर एक सगरमाथा आरोहीको मृत्यु

खोँचमा खसेर एक सगरमाथा आरोहीको मृत्यु

सोलुुखुम्बु, वैशाख १७ – सगरमाथा आरोहणका लागि आधार शिविरमा रहेका स्वीस नागरिक ४१ वर्षीय उली स्टेकको खोंँचमा खसेर मृत्यु भएको छ ।

सगरमाथाको पहिलो शिविरमा आज उहाँको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए । उद्धारकर्ताको टोलीले उनको शव हिउँले ढाकिएको खोँचबाट बाहिर निकालेका छन् । शव आजै हेलिकप्टरमार्फत राजधानी पठाइएको छ ।

विश्व हिमाल आरोहणको क्षेत्रमा ‘स्वीस मेसिन’को उपमा पाएका ४१ वर्षीय आरोही उली सगरमाथा आरोहण गरी सँगै गरेको ल्होत्से हुँदै फर्किने योजनामा थिए । यसलाई आरोहणको भाषामा ‘हर्नबाइन रुट’ भनिन्छ । हिजो पहिलो शिविर नजिकै अर्को पनि एउटा पुरानो शव भेटिएको थियो । रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल