दुर्गम क्षेत्र डोल्पाको जुफालबाट थ्री जि सेवा सुरु

दुर्गम क्षेत्र डोल्पाको जुफालबाट थ्री जि सेवा सुरु

रामचन्द्र न्यौपाने

त्रिपुराकोट(डोल्पा) १६ बैशाख – दुर्गम जिल्ला डोल्पाको ठुली भेरी नगरपालिका स्थित जुफालबाट पनि थ्री जि ईन्टरनेट सेवा सुरु गरिएको छ ।

गत विहिबार देखि जुफालमा रहेको नेपाल टेलिकमको टावरबाट सिडीएमए फोनमा उक्त सेवा सुरु ग्रिएको दुर संञ्चार कार्यालय डोल्पाका प्राविधिक नवराज भट्टराईले जानकारी दिए ।
यस्तो प्रकारको ईन्टरनेट सेवा नेपालमा तीब्र गतिमा चल्ने तेस्रो नंम्बरको ईन्टरनेट सुविधामा पर्नेे उनले बताए ।

नेपाल टेलिकम जुफालको टावरबाट थ्री जि सेवा सुरु गरिएपछि यहाँका त्रिपुराकोट,पहाडा,सुँ, जुफाल लगाएतका बस्तीहरुमा ईन्टरनेट सुविधा बिस्तार भएको छ । उक्त सेवा बिस्तार भएपछि यहाँका सर्वसाधारणहरु खुशी भएका छन् ।
त्रिपुरा सुन्दरी नगरपालिका–१ का स्थानीय गोकर्ण कठायतका अनुसार दुर्गम जिल्लाको कुनामा बसेर संसारहेर्न पाईने भयो, एउटा ईमेल गर्नका लागि घण्टौ हिँडेर सदरमुकाम पुग्नु पर्ने बाध्यता थियो,सदरमुकाम जाँदा सयम सँग–सँगै पैसा पनि खर्चहुन्थ्यो अब यस्तो समस्या टरेको छ , घरमै बसेर विभिन्न प्रकारका ईन्टरनेट सुविधा लिन पाईने भएको छ उहाँले खुशी व्यक्त गरे ।

 

सदरमुकाम दुनैमा भने गत बर्ष देखि नै उक्त सेवा संञ्चालनमा आईसकेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल