पत्रकार महासंघ काठमाडौको अधिबेशन खारेजी गर्न माग

पत्रकार महासंघ काठमाडौको अधिबेशन खारेजी गर्न माग

काठमाडौ, बैशाख १७ –नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको १० औं अधिवेशन र पार्षद चयन प्रक्रियाप्रति नेपाल प्रेश युनियन, प्रेश सेन्टर प्रेश सोसाइटी लगायत ६ वटा पत्रकार संगठनले आपत्ति जनाउदै अधिबेसनका सम्पुर्ण प्रकृया खारेज गर्न माग गरेका छन् ।

उनीहरुले सयुक्त विज्ञप्ति जारी गर्दै महासंघको विधान विपरीत, केन्द्रीय नेतृत्वको राजनीतिक पूर्वाग्रह र षड्यन्त्रको बलमा काठमाडौं शाखाको अधिवेशन र पार्षद चयन गरिएको पनि बताएका छन् ।

उनीहरुले १० जनाको हस्ताक्षर पु¥याएर केन्द्रीय पार्षद हुन सकिने व्यवस्थामा पनि राजनीतिक आस्थाका आधारमा योग्यता पुगेका व्यवसायिक पत्रकारलाई केन्द्रीय पार्षद बन्नबाट बञ्चित गरिएको दावी गरेका छन् । केन्द्रीय पार्षदका लागि आवेदन दिएका कतिपय पत्रकारलाई प्रदेश पार्षदमा चयन गरिएको थियो ।

संयुक्त विज्ञप्तिमा भनिएको छ । ‘महासंघको विधान विपरीत हुने कुनैपनि गतिविधि हामीलाई मान्य छैन । अतः काठमाडौं शाखाको अधिवेशनका सम्पूर्ण प्रक्रिया खारेज गरी स्वतन्त्र र निष्पक्ष ढंगबाट अघि बढ्न जोडदार माग गर्दछौं ।

महासंघ नेतृत्व र कथित निर्वाचन समितिको निर्णय विरुद्ध आजैदेखि आन्दोलनको घोषणा गर्दछौं । २४ घण्टाभित्र हाम्रो चासोको सम्बोधन नगरिए महासंघ केन्द्रीय समिति विरुद्ध थप कडा आन्दोलन गर्ने चेतावनी समेत दिन चाहन्छौं ।’

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल