सिलिन्डर पड्किँदा भरतपुरका दुई घरमा आगलागी

सिलिन्डर पड्किँदा भरतपुरका दुई घरमा आगलागी

चितवन, १७ वैशाख । भरतपुर महानगरपालिका–२ स्थित आँपटारीमा आज बिहान दुई घरमा आगलागी भएको छ ।

सो क्रममा सिलिन्डर पड्किँदा आगो निभाउन गएका स्थानीयवासी भरत गुरुङ घाइते भएकामा भरतपुर अस्पतालमा उपचार भइरहेको छ । बिहान करिब ५ बजे बुद्ध तामाङको घरको भान्छाबाट आगो सल्किएर छिमेकी वीरबहादुरको घरमा समेत आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । आगलागीबाट रु एक लाखभन्दा बढीको क्षति भएको जनाइएको छ । प्रहरीले स्थानीयवासीको सहयोगमा आगो निभाएको छ ।

यसैबीच शनिबार साँझ भरतपुरको मुख्य चोक वीरेन्द्र क्याम्पस चोकमा हावाहुरीका कारण रूख ढल्दा तीन गाडी र दुई घरमा क्षति पुगेको छ ।

रूख ढल्दा ना४२प ६०८३ र ना५प १७२५ नंको मोटरसाइकल र ना१ह २५१८ नंको अटो रिक्सा तथा नजिकै रहेको एउटा शृङ्गारिक सामानको पसल र खाजाघरमा समेत क्षति पुगेको प्रहरी उपरीक्षक दीपक थापाले बताए । रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल