ब्यवसायिक खेतीप्रणालीमा जोड

ब्यवसायिक खेतीप्रणालीमा जोड

लुम्बिनी , बैशाख १७– कृषिमा आधुनिकता भित्रिएसँगै परम्परागत ब्यवसायिक खेती भन्दा ब्यवसायिक खेती गर्नुपर्ने कुरा लुम्बिनीमा आयोजित एक कार्यक्रममा जोड दिइएको छ ।
सो कुरा लुम्बिनी साँस्कृतिक नगरपालिकाको आर्थिक सहयोग र लुम्बिनी आर्दश महिला समुह द्वारा आयोजित मधेशी मुश्लिमका लागि दुई दिवसीय ब्यवसायिक खेती तालिम समापन समारोहका बक्ताहरुले जोड दिएका हुन ।
समापन समारोहमा मुश्लिम महिला कृषक समुह अध्यक्ष सहीदुन निशाले पुरुषहरुको बढदो बिदेशिने लहरले श्रीमानले बिदेश बाट पठाएको पैसाको भरमा खेतबारी हुण्डा र अधिया मुश्लिम दिई महिला बुर्का भित्र रहेको कारण आर्थिक स्थिती दयनीय भएको बताईन ।
परम्परागत खेती गरि बर्ष भरि खान मात्रै पुग्ने भएको हुदा एउटै फसल गरि खेत बाझो छोडनु भन्दा बिदेश बाट श्रीमानले पठाएको पैसाको भरमा मात्र नपरि कृषिमा भित्रिएको आधुनिकताको प्रयोग मार्फत ब्यवसायिक खेती गरि मधेशी र मुश्लिम महिलाहरु आफनो जीवन स्तर माथि उकास्नु पर्ने उनले सुझाव स्वरुप भनिन ।
कार्यक्रममा लुम्बिनी कृषि सेवा केन्द्रका प्रमुख मोहम्मद हनीफले बर्ष भरिमा एउटा फसल लगाई खेत बाँझो छोडनु भन्दा दोहारो खेती प्रणाली अपनाई कृषि उत्पादन बढाउनु पर्ने बताए ।
सो अवसरमा अगुवा कृषक ब्रिजेश चौरसियाले ब्यवसायिक खेती गर्न सबै भन्दा बाधक चकलाबन्दी र पानीको समुचित ब्यवस्थापन हुन नसक्दा किसानहरु अगाडी बढन नसकेको हुदा भूमि ब्यवस्थापन र सिचाई समस्या समाधानका लागि राज्य सँग माँग समेत गरे ।
कार्यक्रमका अर्का बक्ता लुम्बिनी बिकासका सदस्यसचिव अजितमान तामाङले अन्र्तष्ट्रिय पर्यटकीय स्थल लुम्बिनी जस्तो ठाँउमा अन्र्तराष्ट्रिय स्तरकै आधुनिक कृषिप्रणाली अपनाई ब्यवसायिक खेती गराउनका लागि सरोकारवालाले बिशेष चासो लिन आवश्यक रहेको बताए ।
समापन समारोहमा लुम्बिनी साँस्कृतिक नगरपालिका लेखाअधिकृत अलोक अग्रहरी,लुम्बिनी महिला कृषक समुहका अध्यक्ष लक्ष्मीमिश्रा , लुम्बिनी साझेदारी बनब्यवस्थापन नगर समिती अध्यक्ष लक्ष्मण मौर्य,महिला नगर समन्वय समिती सदस्य रागिनी श्रीवास्तव लगायतले मक्तब्य ब्यक्त गरेका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल