फर्निचर उद्योगमा आगलागी

फर्निचर उद्योगमा आगलागी

लहान, १७ वैशाख । सिरहा नगरपालिका–१७ स्थित एक फर्निचर उद्योगमा आज बिहान आगलागी हुँदा करिब रु १५ लाख मूल्य बराबरको क्षति भएको छ ।

विद्युत् सर्ट भई सिरहा नगरपालिका–१७ स्थित बस्ने बेचन यादवको फर्निचर उद्योगमा सुरु भएको आगलागीबाट फर्निचर तथा फर्निचर बनाइने अन्य काठपातसमेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरी, वारुणयन्त्र तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल