सेफ्टी ट्यांकीमा डुवेर बेसीसहरमा एक बालकको मृत्यु

सेफ्टी ट्यांकीमा डुवेर बेसीसहरमा एक बालकको मृत्यु

समुन्द्रा घिमिरे

बेसीशहर, वैशाख १७ – लमजुङ सदरमुकाम बेंसीसहरको शेरामा बन्दै गरेको घरको सेफ्टी ट्यांकीमा डुबेर शनिबार एक स्कुले बालकको मृत्यु भएको छ ।

पुख्यौली दूधपोखरी गाउँपालिका वडा नम्बर ६ घर भइ हाल बेंसीसहर नगरपालिका वडा नम्बर ८ मा बस्ने र सोही स्थानको डाइमण्ड हिल एकेडेमीमा कक्षा एलकेजीमा अध्ययनरत ६ बर्षीय प्रवेश गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बिहान घरबाट निस्किएका उनी घर नफर्केपछि अभिभावक र स्थानीयले खोज्ने क्रममा डुबिरहेको अवस्थामा उनी फेला परेका थिए ।

तत्काल बेंसीसहर हस्पिटलमा ल्याइएकोमा डाक्टरले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक गौरब महतले बताए ।

बन्दै गरेको घरको सेफ्टी ट्यांकीमा डुबेर केही बर्षअघि बेंसीसहरको त्रिवेणी टोलमा एक स्कुले बालकको मृत्यु भएको थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल