एस्पानियोललाई हराउँदै बार्सिलोना पुनः शीर्ष स्थानमा

एस्पानियोललाई हराउँदै बार्सिलोना पुनः शीर्ष स्थानमा

बार्सिलोना, वैशाख १७ – लुइस सुवरेजको दुई गोलको मद्दतले क्याटालान डर्बीमा एस्पानियोललाई पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा पुनः उक्लिएको छ ।

भ्यालेन्सियालाई हराउँदै रियल म्याड्रिड शीर्ष स्थानमा उक्लेपछि भएको खेलको पहिलो हाफमा बार्सिलोनाले कुनै गोल गर्न सकेन ।

तर, दोस्रो हाफमा एस्पानियोलका म्यानुअल गुआर्डोको गल्तीको फाइदा उठाउँदै सुवारेजले बार्सालाई अग्रता दिलाए ।


त्यसपछि इभान र्याकिटिचले बार्सिलोनको अग्रता दोब्बर बनाए भने इस्पानियोलको अर्को गल्तीको फाइदा उठाउँदै सुवरेजले तेस्रो गोल गरे ।

बार्सा र रियलको समान ८१ अंक रहे पनि हेड टु हेडको आधारमा बार्सिलोना अघि रहेको छ ।

गोल डिफरेन्समा पनि बार्सिलोना अघि रहेको छ । तर, रियलले एक खेल कम खेलेको हुँदा बाँकी चार खेल जिते रियलले लिग उपाधिमा कब्जा जमाउनेछ ।

शनिबार भएको खेलमा रियल सोसिडाडसँग २–१ गोलअन्तरले पराजित हुँदै ग्रानाडा रेलिगेसनमा परेको छ ।

एथ्लेटिको म्याड्रिडले भने लास पालमासविरुद्ध गोलको वर्षा गर्दै ५–० को सहज जित हासिल गरेको छ ।

जितसँगै एथ्लेटिको लिगको तेस्रो स्थानमा उक्लेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल