चन्दाले बन्यो मन्दिर

१७ वैशाख  |   रासस

चन्दाले बन्यो मन्दिर

म्याग्दी,  – म्याग्दीको बेनी नगरपालिका–६ एकपाटेका स्थानीयवासीले चन्दा सङ्कलन गरेर रु आठ लाखको लागतमा उमा महेश्वर शिवालय मन्दिरको निर्माण गरी शिवलिङ्ग र मूर्ति स्थापना गरेका छन् ।

स्थानीयवासीले आर्थिक सङ्कलन अभियान सञ्चालन गरी निर्माण गरेको मन्दिरको शनिबार एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी प्रेमराज गिरीले उद्घाटन गरे ।

कार्यक्रममा पुलस्त्य ऋषिको तपोभूमि क्षेत्रमा निर्माण गरिएको मन्दिर धार्मिक पर्यटकका लागि महत्वपूर्ण स्थान हुने नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष प्रमोद श्रेष्ठले बताए । उपाध्यक्ष श्रेष्ठले बेनी नगरपालिकाभित्र रहेका धार्मिक क्षेत्रको प्रचारप्रसारमा आफूले योजना बनाएको समेत जानकारी दिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल