१० वर्षपछि सन्डरल्याण्ड रेलिगेसनमा

१० वर्षपछि सन्डरल्याण्ड रेलिगेसनमा

लण्डन, वैशाख १७ – प्रियिमर लिगमा उक्लिएको १० वर्षपछि सन्डरल्याण्ड रेलिगेसनमा परेको छ ।

स्टेडियम अफ लाइटमा वोर्नेमाउथसँग पराजित भएपछि सन्डरल्याण्ड रेलिगेसनमा पर्ने पक्का भएको हो । गोसुवा किङको एक मात्र गोल खेलमा निर्णायक बन्न पुग्यो ।

हलले साउथह्याम्पटनसँग बराबरी खेलेपछि डेभिड मोयेजको टोली चार खेल बाँकी छँदा हलभन्दा १३ अंकले पछि रहेको छ ।


यो सिजन सन्डरल्याण्डको २३ औँ पराजय हो । लिगको ३४ खेलमा सन्डरल्याण्डले गोल गर्न नसकेको यो १८ औँ पटक पनि हो ।

यसअघिका सिजनमा पनि रेलिगेसनबाट बालबाल बचेको सन्डरल्याण्ड यसपटक भने रेलिगेसनमा परेको छ । प्रशिक्षक डेभिड मोयेज प्रशिक्षकका रुपमा रेलिगेसनमा परेको यो पहिलो अवसर हो ।

गत सिजन साम एलरडायसले अन्तिम १० खेलमा मात्र १ खेलमा पराजय बेहोर्दै सन्डरल्याण्डलाई रेलिगेसनबाट जोगाएका थिए । उनले इंग्ल्याण्डको राष्ट्रिय टोलीको नेतृत्व सम्हालेपछि मोयेस सन्डरल्याण्डको प्रशिक्षक बनेर आएका थिए ।

हिजै भएका अन्य खेलमा लेस्टर सिटीले वेस्ट ब्रोमलाई १–० गोल अन्तरले पराजित गर्दै लिगको ११ औँ स्थानमा उक्लेको छ ।

स्टोक सिटी र वेस्ट ह्याम तथा साउथह्याम्टन र हल सिटीले गोलरहित बराबरी खेले ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल