गायकद्वय प्रधान र थापालाई सम्मान

गायकद्वय प्रधान र थापालाई सम्मान

काठमाडौँ, वैशाख १६ – लालीगुराँस समूहले नेपाली गीत तथा सङ्गीतका क्षेत्रमा लामो समयदेखि क्रियाशील रही योगदान गरेका गायकद्वय प्रेमध्वज प्रधान र तारा थापालाई सम्मान गरेको छ ।

नेपाली आधुनिक तथा लोकगीतको विकासमा गायकद्वयले आ–आफ्नो क्षेत्रबाट पुर्याएको योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गरिएको हो ।

आज यहाँ आयोजित एक कार्यक्रममा सम्मान ग्रहण गरेपछि गायक प्रधानले विविधताले भरिएको नेपाली समाजमा रहेका मौलिकतालाई प्राथमिकता दिएर सिर्जना गर्नसकेमा नेपाली गीति कला तथा साहित्यको अन्तर्राष्ट्रियस्तरमा समेत प्रवद्र्धन हुने बताए ।

गायिका थापाले विश्वव्यापीकरणले गर्दा मुलुकमा बाह्य संस्कृतिको प्रभाव बढ्दै गएकाले स्रष्टाले राष्ट्रियता र सामाजिक एकताका पक्षमा रचना सिर्जना गर्नुपर्नेमा जोड दिए ।

सोही कार्यक्रममा रोहित बस्नेतको लेखनमा तयार गरिएको ‘लाँलीगुरास’ नामक गीति क्यासेट विमोचन गरिएको थियो ।

मुलुकमा बढ्दै गएको बेरोजगारीले गर्दा युवा जनशक्ति श्रम बेच्न विदेशिन परेको बाध्यता, राष्ट्रियतालगायत विषयलाई समेटिएर तयार गरिएको उक्त क्यासेटमा स्वरुपराज आचार्य, प्रविण गुरुङ, मेलिना राई, सन्तोष लामा, सागर पाण्डे र केशव बस्नेतले स्वर दिएको छ । रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल