माओवादी केन्द्रका सात केन्द्रीय सदस्यद्वारा राजिनामा

माओवादी केन्द्रका सात केन्द्रीय सदस्यद्वारा राजिनामा

दिपक शर्मा

वैशाख, सल्यान १६– नेकपा माओवादी केन्द्रका सातजना केन्द्रीय सदस्य सदस्यहरुले राजिनामा दिएका छन् । स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटमा असन्तुष्टी जनाउँदै उनीहरुले राजिनामा दिएका हुन् । अन्यायपूर्ण, पुर्वाग्रही तथा वास्तविक धरातलभन्दा बाहिर गएर मयेर र उपमेयर छनौट गरेको भन्दै सामुहिक राजिनामा दिएको घोषणा गरेका हुन् ।

माओवादी केन्द्रीय सदस्य, जिल्ला कमिटी बागचौर नगर कमिटी लगायत सवै तहका जिम्मेवारीबाट आफुहरुले राजिनामा दिएको बताएका छन् । राजिनामा दिने केन्द्रीय सदस्यहरुमा ज्ञानबहादुर वली माइकल, टीकाराम वली दर्शन, सेतिराम वली दिनेश, हरिलाल डिसी दोभान, सुम्निमा डिसी निर्माता, टंकप्रसाद शर्मा सौगात र कमला वली श्रृंखला रहेका छन् । माओवादी केन्द्रको प्रदेश नम्वर ६ ले अन्यापुर्ण ढंगले वागचौर नगरपालिकाको लागि मेयर र उपमेयरको छनौट गरेको भन्दै शनिवरा प्रेस विज्ञप्ति जारी गर्दै सामुहिक राजिनामा गरेका ह्ुन ।

“माओवादी केन्द्रको प्रदेश नम्वर ६ ले मेयर र उपमेयर छनौटका क्रममा अत्यन्त हचुवापुर्ण, पूर्वाग्रही, सहित परिवारको भावना विपरित, वास्तविक धरातलबाट भन्दा वाहिरबाट लादिएको ठहर गरेका छौँ ।”–विज्ञप्तिमा भनिएको छ ।
सविधानसभा सदस्य टेकबहादुर बस्नेत, सल्यान रुकुम यातायातका अध्यक्ष लोकमान वली, सल्यान उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष एउटै टोलको हुँदाहुदै पनि मेयर पनि सोही टोलमा लिन खोज्नु कार्यकर्ताको भावना विपरित हुने बताएका छन् ।

माओवादी केन्द्रले वागचौर नगरपालिकाबाट सिफारिस गरीएका मेयरका ३ जना उम्मेदवारमा लोकमान बुढाथोकी, ज्ञानबहादुर वली र टिकाराम वली थिए भने उपमेयरको उम्मेदवारको रुपमा, कल्पना घर्ति, सुम्निमा डिसी, कमला वलीलाई सिफारिस गरेको थियो ।

 

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल