घरको सेफ्टी ट्याङ्कीमा डुबेर बालकको मृत्यु

घरको सेफ्टी ट्याङ्कीमा डुबेर बालकको मृत्यु

बेँसीसहर(लमजुङ),वैशाख १६ – निर्माणाधीन घरको सेफ्टी ट्याङ्कीमा डुबेर आज एक बालकको मृत्यु भएको छ ।

बेँसीसहर नगरपालिका–८ शेरा बजारमा छ वर्षीय प्रवेश गुरुङको मृत्यु भएको हो । साथीहरुसँग खेल्ने क्रममा गुरुङ सेफ्टी ट्याङ्कीमा खसेका थिए ।

खाडलबाट निकालेर अस्पताल लैजाँदै गर्दा उनको बाटोमा नै मृत्यु भएको प्रहरी निरीक्षक गौरव महतले जानकारी दिए । मृतक गुरुङ डायमन्ड हिल एकेडेमी बेँसीसहरमा एलकेजीमा पढ्दै थिए । रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल