बेसबलका खेलाडी जापान जाने

बेसबलका खेलाडी जापान जाने

काठमाडौँ, वैशाख १६– गुर्खा क्रु क्लबका सात जना खेलाडी बेसबल खेलको प्रशिक्षण लिन सोमबार जापान जाने भएका छन् ।

टोली नेता एवम् क्लबका उपाध्यक्ष केशव थापाका अनुसार खेलाडी जापानको फुकुओका सहरमा १५ दिनसम्म प्रशिक्षणमा सहभागि हुने छन् । त्यहाँ रहँदासम्म खेलाडीले बेसबल रङ्गशाला र सङ्ग्रहालयको समेत अवलोकन गर्ने छन् ।

‘प्रशिक्षणले खेलाडीलाई बेसबल खेलका बारेमा थप ज्ञान हासिल गर्न मद्दत पुग्नेछ, भविष्यमा क्लबका अन्य खेलाडीलाई समेत पालैपालो विदेशमा प्रशिक्षणका लागि पठाउने योजना बनाएका छौँ,’ उनले भने ।

क्लबले जापानको खेलकुद तथा संस्कृति विश्वविद्यालयसँग प्रत्येक ६÷६ महिनामा प्रशिक्षणका लागि खेलाडी पठाउने सम्झौता गर्न लागेको थापाले बताए ।

विगत दुई वर्षदेखि पाटन क्याम्पसको खेल मैदानमा बेसबलको अभ्यास गराउँदै आएको सो क्लब गत वर्ष सम्पन्न राष्ट्रिय जुनियर बेसबल प्रतियोगिताको विजेता क्लब समेत हो । हाल सो क्लबमा ३० जना जुनियर खेलाडी आबद्ध छन् । रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल