नाममा विवाद भएपछि रंगशाला निर्माण रोकियो

नाममा विवाद भएपछि रंगशाला निर्माण रोकियो

झापा, बैशाख १६–नामाकरणमा विवाद भएपछि झापाको कमल गाउँपालिका–५ मा निर्माणधीन रंगशालाको निर्माणकार्य अलपत्र परेको छ ।

आदिबासी रंगशाला बनाउने सहमतिमा ७ वर्ष अघि सुरु गरिएको रंगशालाको निर्माण कार्य राजनीतिक खिचातानीले प्रभावित बनेको हो ।
आदिवासीको समाधिस्थल रहेको साविक लखनपुर–१ स्थित सो स्थानमा समाधिहरु उत्खनन् गरेर वि.स. २०६६ सालबाट रंगशाला निर्माण शूरु गरिएको थियो । तर, पछिल्लो समय रंगशालाको नाममा विवाद आउँदा निर्माण कार्य अनिश्चित बनेको छ । निर्माण प्रक्रिया शूरु गर्दा आदिवासी रंगशाला बनाउने सहमति भएपनि तात्कालिन प्रधानमन्त्री एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी रंगशाला नामाकरण गरेपछि आदिवासी रंगशाला तथा स्मृती प्रतिष्ठान रुष्ट बनेको हो ।

२०६७ बैशाखमा आदिवासी रंगशालाका नाममा तत्कालिन रक्षामन्त्री तथा हालका राष्ट्रपति विद्यादेवि भण्डारीले रंगशालाको शिलान्यास गरेकी थिइन् ।
पहिलो पटक आर्थिक वर्ष २०६७÷०६८ मा अर्थमन्त्रालयबाट एक करोड बजेट विनियोजन भएपछि रंगशाला सम्याउने कार्य भएको थियो । त्यसपछि रंगशालाको नाम परिवर्तन हुने भएपछि आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानले नाम परिवर्तन गरेर कुनै हालतमा निर्माण गर्न नदिने बताउदै आएको छ ।
३५ विगाह भन्दा बढी क्षेत्रफलमा निर्माण सुरु गरिएको रंगशालाको स्तम्भ, तारजालीको बेरा, प्याराफिट र मैदानको स्तरोन्त्तीको कार्य अलपत्र छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल