ओखलढुंगामा महिलाको आक्रोशः पुरुषले साडी लगाएर उम्मेदवारी दिए हुन्छ

उपको उम्मेदवारमा समेत धाँदली गरी आफन्त राख्न खोजियो

ओखलढुंगामा महिलाको आक्रोशः पुरुषले साडी लगाएर उम्मेदवारी दिए हुन्छ

रामहरि श्रेष्ठ

ओखलढुंगा, बैशाख १५– जिल्लामा स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउने विषयमा महिला आंकाक्षीहरुको असन्तुष्टि बढेको छ । जिल्लाको एक नगरपालिकासहित सात गाउँपालिकामा उम्मेदवार टुंगो लगाउने विषयमा धाँदली भएको महिला आकांक्षीहरुले बताएका छन् ।

अधिकांश गाउँपालिकाको प्रमुखमा पुरुष नै दाबेदार रहेको भएपनि उपमा समेत धाँदली गरी आफन्त तथा नातेदारको नाम सिफारिस गर्न खोजेको नेकपा एमालेबाट मोलुङ्ग गाउँपालिकाका उपप्रमुखका प्रत्यासी सरला धमलाले बताइन् ।

इलाका नम्बर ४ का इन्चार्ज अर्जुन धमलाले गत ७ गते बेलुका रागाँदीपको समिति चयन गरेर फर्किएपछि एक्कासी मिटिङ बसेर मोलुङ्ग गाउँपालिकाको उपप्रमुखमा आफ्नी श्रीमती हेमकुमारी धमलाको नाम सिफारिस गरेको उनको आरोप छ ।

“महिलामाथि पुरुषको जालमात्र बनेको छ, महिलालाई पर्दा भित्र राखेर आफ्ना आफन्त राख्न खोजेको हो”उनले भनिन् । यसरी महिलाको नाममा धाँदली गर्ने हो भने पुरुष आफैले साडी लगाएर उम्मेदवार दिँदा हुन्छ ।” पार्टीले महिलालाई खेलौना मात्र बनाएको उनको आरोप छ ।

मोलुङ्ग गाउँपालिकाकै अर्का प्रत्यासी उर्मिला खतिवडाले पनि उपको उम्मेदवारमा समेत धाँदली गरी आफन्त राख्न खोजेकोप्रति आपत्ति जनाइन् । “प्रमुखमा त उनीहरुकै कब्जा छदैछ, अझ उपप्रमुखमा समेत आफन्त राख्न चलखेल हुन्छ ।” उनले गुनासो गरिन् । यस विषयमा नेतृ सकुन्तला राजभन्डारीसँग छलफल गर्दा क्षेत्रीय कमिटीबाट चिट्ठी आएपछि मात्र कुरा गर्ने बताएको खतिवडाले बताइन् ।

महिलाहरु आफू प्रमुख पदमा रहेर सफल नेतृत्व दिन सक्ने भए पनि राजनीतिक दलभित्र महिला भएकै कारण प्रमुख पद दिन हिच्किचाउने गरेको नेपाली कांग्रेसबाट मानेभञ्ज्याङ गाउँपालिकाका प्रमुख पदका आकांक्षी सबिता राई बताउँछिन् । यसले अझैपनि प्रमुख पदमा पुरुष नै हुनुपर्छ भन्ने मानसिकता रहेको उनको भनाइ छ ।

अझैपनि प्रमुख पदमा पुरुषनै हुनुपर्छ भन्ने सोँच पितृसत्तात्मक भैसकेको महिलाहरुको बुझाइ छ । यसलाई चिर्दै अब नेतृत्व महिलाले लिनुपर्ने र यसकै लागि आफुरुले प्रमुख पदमा उम्मेदवारी दिएको नेकपा माओवादी केन्द्रका भेला अयोजक समितिका सदस्य तथा सुनकोशी गाउपालिकाका प्रमुखको उम्मेदवार चम्पा कार्कीले बताइन् ।

यी हुन् नगरपालिकाको मेयरका उम्मेदवार

जिल्लाको एक मात्र सिद्धिचरण नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट महासमिति सदस्य डिल्लीराम खनाल तथा नेकपा एमालेबाट जिल्ला अध्यक्ष मोहनकुमार श्रेष्ठलाई अघि सारेको छ । नेकपा माओवादी केन्द्रले भने युवा संघका केन्द्रीय सदस्य रुपेश शाक्यलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै नगरपालिकाको उपमेयरमा भने कांग्रेसबाट हेमालक्ष्मी राई, माओवादी केन्द्रबाट चन्दाकुमारी फुयाँल अघि सरेका छन् । एमालेमा भने उपमेयरका उम्मेदवार तय गर्न सकेको छैन ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल