फोरम र नयाँ शक्तिबीच संयुक्त निर्वाचन समन्वय संयन्त्र गठन

फोरम र नयाँ शक्तिबीच संयुक्त निर्वाचन समन्वय संयन्त्र गठन

काठमाडौ, बैशाख १५– संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच पहिलो चरणको स्थानीय निर्वाचन प्रभावकारी बनाउन दुवै पार्टीका तर्फबाट प्रतिनिधित्व गर्दै संयुक्त निर्वाचन समन्वय संयन्त्र गठन भएको छ । शुक्रबार बसको संयूक्त केन्द्रीय संयोजन समितिको बैठकले निर्वाचन परिचालन र संयोजनका लागि १२ सदस्यीय संयन्त्र गठन गरेको हो ।

संयन्त्रमा संघीय सभाजबादीका तर्फबाट हेमराज राई, दानवहादुर विक, अजम्बर राई काङबाङ गणेश योन्जन, लालध्वज तारमाङ छन् भने नयाँ शक्तिबाट रामचन्द्र झा, दुर्गासेव देवेन्द्र पौडेल, परशुराम तामाङ, र खिमलाल देवकोटा रहेका छन् ।
त्यस्तै बैठकले केन्द्रको भावना अनुसार प्रदेश, जिल्ला तथा स्थानीय तहमा समेत संयन्त्र गठन गरी तदारुकताका साथ काम सम्पन्न गर्न निर्देशन दिएको छ ।

एक हातले समातेको मसाल चिन्ह लिई पार्टीको तर्फबाट खडा भएका उमेदवारहरुलाई विजयी बनाउन हर सम्भव प्रयास गर्न संयूक्त रुपमा संयूक्त पार्टी पंक्ति परिचालन हुने तथा आपसी विवादहरु आएमा स्थानीय तहमै समाधान गर्न प्रयास गर्ने र समाधान हुन नसके विवाद समाधानका लागि केन्दी्रय संयन्त्रमा पठाउन बैठकले मातहतका तहलाई निर्देशन दिएको बैठकपछि जारी विज्ञप्तिमा जनाइएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल