विरगञ्जको ठोरीमा जंगली हात्तीको आतंक

विरगञ्जको ठोरीमा जंगली हात्तीको आतंक

वीरगन्ज, बैशाख १५ – जंगली हात्तीले पर्साको सुर्वणपुर गाँउ पालिकामा पर्ने ठोरीमा आतंक मच्चाएको छ । चितवन राष्ट्रिय निकुञ्जको जङगलबाट गाउँ पसेको हात्तीले ठोरीको इच्छानगरमा गएराति आतंक मच्चाएको प्रहरी बताएको हो ।

हात्तीले इच्छानगरका सूर्यबहादुर वोटको घर भत्काएको छ । मध्यरातमा गाउँपसेको हात्तीले वोटको घर पूर्णरुपमा भत्काएर क्षति पु¥याएको स्थानीय शिक्षक लक्ष्मण बखतीले जानकारी दिए । हात्तीले घर भत्काउन थालेपछि ६१ वर्षिय बोटले भने भागेर ज्यान जोगाएका थिए ।

हात्तीले बोटको घरमा रहेको अन्नपात खाइदिनुको साथै लत्ताकपडा समेत च्यातेर नष्ट पारेको स्थानीयवासीले बताएका छन् । हात्तीले इच्छानगरकै रामप्रसाद ढुगानाको पानी घट्टाको टहरा समेत भत्काएर क्षति पुर्याएको छ ।

रातभर गाउँ चाहारेर आतंक मच्चाएको हात्तीले हरि पाण्डे र शर्मिला वोटको धानखेतीमा नष्ट पारेको प्रहरीले जनाएको छ । ठोरीमा यसअघि पनि जंगली हात्तीले आतंक मच्चाउनदै आएको स्थानीयले बताएका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल