मोहनापुल—अत्तरिया ‘छ लेन’ सडक निर्माणमा ढिलाइ

मोहनापुल—अत्तरिया ‘छ लेन’ सडक निर्माणमा ढिलाइ

धनगढी, १५ वैशाख । कैलालीस्थित मोहनापुल धनगढीदेखि अत्तरियासम्मको ‘छ लेन‘को सडकको निर्माण कार्य सुरु हुन सकेको छैन ।

गत मङ्सिरमा सुरु गर्ने भनिएपनि हालसम्म यसको निर्माण कार्य सुरु भएको छैन । मोहनापुल अत्तरिया सडक आयोजनाका प्रमुख नवीनमान श्रेष्ठले भने –“सबै प्रक्रिया पूरा गर्नु पर्दा समय लागेकोले निर्माण समयमै सुरु हुन नसकेको र वातारणीय प्रभाव परीक्षण (आइइइ) सकिना साथ काम अघि बढाइने छ ।”

आगामी जेठको पहिलो साताबाट काम अघि बढ्ने उनले बताए । धनगढी उपमहानगरपालिकाको मोहना नदीको पुलदेखि अत्तरिया नगरपालिकाको अत्तरिया चोकसम्मको जम्मा १४ दशमलव १७ किलोमिटर लामो यो सडकमध्ये सहरी क्षेत्रको १० किलोमिटर लामो भागमा छ लेनको र बाँकी ग्रामीण क्षेत्रको भागमा चार लेनको सडक निर्माण गर्ने लक्ष्य लिएको छ ।

सडक विभागको उत्तर÷दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना निर्देशनालयअन्तर्गत निर्माण हुनलागेको यो सडकको लागत करिब रु दुई अर्ब १५ करोड अनुमान गरिएकोे बताइएको छ ।

अत्तरियादेखि धनगढीको मोहनासम्मको हालको सडक निकै साँघुरो एवम् जीर्ण हुँदा आवागमनमा कठिनाई उत्पन्न हुने भई बेलाबखत सडक दुर्घटना हुने गरेका छन् । रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल