दुई दलिय चुनावी तालमेलको लमजुङमा विरोध (प्रेश विज्ञप्तिसहित )

दुई दलिय चुनावी तालमेलको लमजुङमा विरोध (प्रेश विज्ञप्तिसहित )

समुन्द्रा घिमिरे

लमजुङ, बैशाख १५– स्थानीय तहको निर्वाचनमा लमजुङमा एमाले र माओवादी केन्द्रबीच चुनाबी तालमेल गर्ने सहमतिको जिल्लाका कार्यकताहरुले विज्ञप्ति निकालेर विरोध गरेका छन् । बिहिबार विहान दुवै पार्टीका जिल्ला अध्यक्षहरुले संयुक्त रुपमा चुनावी तालमेलको घोषणा गरेसंगै कार्यकता रुष्ठ बनेका हुन् ।

राष्ट्र निर्माण र लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरणमा प्रतिवद्ध हुँदै लमजुङको विकास गर्न दुई दलबीच स्थानीय निर्वाचनमा संयुक्त मोर्चा बनाउने सहमती भएपनि एमालेका कार्यकर्ताहरुले पार्टी कार्यलय घेराउ गरे भने केन्द्रका कार्यकर्ताहरुले सहमतिको भतर््सना गर्दै निर्णय सच्याउन पार्टी नेतृत्वहरुलाई दबाब दिइरहेका छन् ।

अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य तथा लमजुङ जिल्ला इन्चार्ज एवं राइनस नगर कमिटी सदस्य कमल खड्का र अखिल क्रान्तिकारी केन्द्रिय सदस्य तथा राइनस नगर कमिटी सदस्य पदमराज पन्थीले संयुक्त रुपमा प्रेस बक्तब्य निकाल्दै निर्णय खारेज गर्न माग गरेका छन् ।


जारी बक्तब्यमा एमाले र माओवादी केन्द्रबीच भएको सहमतिप्रति ध्यानाकर्षण भएको भन्दै देशै माओवादीमय बनिरहेको अवस्थामा हिनतावोध हुने गरि गरिएको कथित सहमतिलाई खारेज गर्दछौँ भनिएको छ ।

जिल्लाका सबै स्थानीय तहमा जित्नका लागि एमालेले माओवादी केन्द्रसँग संयुक्त मोर्चा बनाएपनि एमालेका धेरै नेता तथा कार्यकर्ताहरुले सो कार्यको बिरोध गरेका छन् ।

बिशेषगरी माओवादी दशबर्षे जनआन्दोलनमा शहिद भएका परिवारका सदस्यहरुले लमजुङ एमालेले गल्ती गरेको स्पष्ट पारेका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल