सिमरालाई हराउदै आर्मी फाईनलमा

सिमरालाई हराउदै आर्मी फाईनलमा

वीरगंज(पर्सा), वैशाख १४– नवजनजागृति युवा क्लव सिमरालाई पराजित गर्दै विभागीय टिम त्रिभुवन आर्मी क्लव वीरगन्जमा जारी प्रथम टुवोर्ग विशाल मेमोरियल गोल्डकप फुटबल टुर्नामेन्टको फाइनलमा प्रवेश गरेको छ ।

नारायणी रंगशालामा विहिबार भएको दोश्रो सेमीफाइनल खेलमा नव जनजागृति क्लबलाइ ३–० गोलले हराउदै त्रिभुवन आर्मी क्लवले उपाधी भिडन्तका लागि फाइनलमा स्थान सुनिश्चित गरेको हो । त्रिभुवन आर्मिको लागि जर्सी नम्बर ३० का जर्ज प्रिन्स कार्की खेल शुरु भएको २२ औं मिनेटमा पहिलो गोल गरेका थिए ।

त्यस्तै खेलको दोश्रो हाफमा आर्मीका कप्तान जर्सी नम्बर १० का खेलाडी भरत खवासले दुई गोल गरेका थिए । खवासले दोश्रो हाफको ७९ औं मिनेटमा दोश्रो र ८९ औं मिनेटमा तेश्रो गोल गरेका हुन् ।

आजको म्यान अफ दि म्याच त्रिभुवन आर्मीका कप्तान भरत खवास भएका छन् भने १६ गते शनिवार हुने फाईनल खेलमा विभागीय टोलि त्रिभुवन आर्मी र संकटा क्वल उपाधिका लागि भिड्ने भएका छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल