बार्सिलोनाको गोलवर्षालाई रियलको उस्तै जवाफ, दुवै टोलीद्वारा विपक्षीको पोष्टमा दर्जन गोल

बार्सिलोनाको गोलवर्षालाई रियलको उस्तै जवाफ, दुवै टोलीद्वारा विपक्षीको पोष्टमा दर्जन गोल

म्याड्रिड, वैशाख १४ – स्पेनिस ला लिगाको उपाधि होड रोमाञ्चक बन्दै गएको छ । शीर्ष स्थानमा समान अंक रहेका बार्सिलोना र रियल म्याड्रिड दुवैले उपाधिका लागि कडा संघर्ष गरिरहेका छन् ।

बुधबार राती भएका खेलहरुमा दुवै टोलीले विपक्षी टोलीमाथि गोलको वर्षा गरेका छन् । बार्सिलोनाले ओसासुनाको पोष्टमा ७ गोल हाल्यो भने रियलले पनि डिर्पोटिभोको पोष्टमा आधा दर्जन गोल गर्यो ।

जीतसँगै रियलले ला लिगाको उपाधि जित्ने आशा कायम नै राखेको छ ।


जिनेदिन जिदानको टोली र बार्साको समान ७८ अंक रहेको छ । तर, रियलले एक खेल कम खेलेको छ । लिगका बाँकी खेल जिते रियल स्वतः च्याम्पियन बन्ने छ ।

खेलमा प्रशिक्षक जिदानले क्रिस्टियानो रोनाल्डोलाई आराम दिएका थिए भने गेराथ बेल घाइते हुँदै टोलीमा पर्न सकेनन् । कप्तान सर्जियो रामोश पनि प्रतिबन्धका कारण खेलमा समावेश थिएनन् ।

बार्सिलोनासँग ३–२ ले पराजित भएको टोलीमा जिदानले ९ वटा परिवर्तन गरेका थिए ।

तर, अल्भारो मोराटाले खेलको ५४ औँ सेकेण्डमा गोल गर्दै रियललाई अग्रता दिलाए ।


लगत्तै हामेज रोड्रिग्वेजले रियलको अग्रता दोब्बर बनाए । फ्लोरिन एडोनेले गोल गर्दै रियलको अग्रता आधा बनाए पनि लुकास भाज्क्वेजले रियलको अग्रतालाई फेरि फराकिलो बनाए ।

दोस्रो हाफमा हामेजले अर्को गोल थपे भने इस्को र कासिमेरोले पनि एक–एक गोल गरे । खेलको अन्त्यतरि जोसेलुको गोल सान्तवना गोल मात्र बन्न पुग्यो ।

रियलले खेल ६–२ ले आफ्नो पक्षमा पार्यो ।

अब रियलले घरेलु मैदानमा भ्यालेन्सियाको आतिथ्य गर्नेछ भने सेमिफाइनलको पहिलो लेगमा एथ्लेटिको म्याड्रिडको सामना गर्नेछ ।

यसअघि, बार्सिलोनाले ओसासुनाविरुद्ध गोलको वर्षा गर्दै शीर्ष स्थानमा ३ अंकको अग्रता बनाएको थियो ।

लियोनेल मेस्सीले दुई गोल तथा ह्याभियर मास्चेरानाले बार्सिलोनाका लागि ३१९ खेल पछि पहिलो गोल गर्दा बार्सिलोना ७–१ गोल अन्तरले विजयी बन्यो ।

र्बािर्सलोनाको जीतमा मेस्सीबाहेक आन्द्रे गोमेज, पाको अल्कासेरले पनि २–२ गोल गोल गरे ।

मास्चेरानोले पेनाल्टीबाट लामो गोलको खडेरी अन्त्य गरेका थिए । ३२ वर्षीय खेलाडीको सिनियर फुटबलमा मात्र यो तेस्रो गोल हो । उनले यसअघि लिभरपुलमा तीन वर्ष छँदा दुई गोल गरेका थिए ।

ओसासुनाका लागि रोबर्टो टोरेसले सान्तवना गोल गरे ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल