पुलिसलाई हराउँदै संकटा विशाल मेमोरियल गोल्डकपको फाइनलमा

पुलिसलाई हराउँदै संकटा विशाल मेमोरियल गोल्डकपको फाइनलमा

वीरगन्ज, बैशाख १३– विभागीय टिम नेपाल पुलिस क्लबलाई हराउदै सिएमजी संकटा क्लब वीरगन्जमा जारी प्रथम टुवोर्ग विशाल मेमोरियल गोल्डकप फुटबल टुर्नामेन्टको फाइनलमा प्रवेश गरेको छ ।

नारायणी रंगशालामा बुधबार भएको पहिलो सेमीफाइनल खेलमा पुलिस क्लबलाईए३–० गोलले हराउदै संकटाले उपाधि भिडन्तका लागि फाइनलमा स्थान सुनिश्चित गरेको हो ।

संकटाका लागि नाइजेरियन खेलाडी जर्सी नम्बर १० का मार्टिन्स अजेइ एक्लैले दुइ र जर्सी नम्बर ९ का राज पौडेलले एक गोल गरेका हुन् ।

खेलको १७ औं मिनेटमा मार्टिन्सले डिएरिया भन्दा बाहिरबाट प्रहार गरेको बल पुलिसका गोल रक्षक रोशन खड्काले रोक्न असफल हुदा गोलमा परिणत भएपछि संकटाले १–० को अग्रता लिएको थियो ।

दोश्रो हाफको तेश्रो मिनेटमा अर्को गोल थपेर मार्टिन्सले संकटालाइ २–० को अग्रता दिलाएका थिए ।

दोश्रो हाफकै ७ औं मिनेटमा राज पौडेलले आफनो टिमका लागि तेश्रो गोल गरेपछि संकटाले खेल ३–० ले जितेको हो । दोश्रो हाफको खेल शुरु भएको दोश्रो मिनेटमै संकटाका जर्सी नम्बर ९ का स्टाइकर राज पौडेलको टाँउकोमा पुलिस क्लबका १९ जर्सी लगाएर खेलेका बुद्ध लामाले खुट्टाले प्रहार गरेपछि एम्पायरले उनलाइ रातो कार्ड देखाएर मैदानबाट बाहिर पठाएपछि १० खेलाडीमा सिमित भएको पुलिस क्लब झन दबाबमा परेको थियो ।

खेलको अन्तिम समयमा पुलिसका कप्तान जुमानु राइले गोल गर्ने केहि अवसर पाएपनि संकटाका गोल रक्षक विशाल श्रेष्ठले उनको प्रयास विफल पारिदिएका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल