लुम्बिनीमा नगरस्तरीय खेलकूद शुरु

लुम्बिनीमा नगरस्तरीय खेलकूद शुरु

लुम्बिनी, बैशाख १३– लुम्बिनी साँस्कृतिक नगरपालिकाद्वारा बुद्धजन्मस्थल लुम्बिनीमा नगरस्तरीय खेलकुद बुधबारदेखि शुरु भएको छ ।

खेलकूद कार्यक्रमको उदघाटन गर्दै रुपन्देही जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले लुम्बिनी जन्मेर बुद्धले संसारभर ज्ञान फिजाएझैं खेलकूदमार्फत अन्र्तराष्ट्रिय जगतमा लुम्बिनीको पहचान कायम गराउन सरोकारवालाले बिषेश चासो लिनुपर्ने बताए ।

उनले लुम्बिनीको बिश्वमा प्रचारप्रसारका लागि अन्र्तराष्ट्रियस्तरकै म्याराथन, क्रिकेट, भलिबल, कबडडी लगायत खेलकूदको आयोजना गरी लुम्बिनीको साँस्कृतिक पहिचान गराउनु पर्ने बताए ।

कार्यक्रममा लुम्बिनी नगर अधिकृत यमबहादुर कुँवरले लुम्बिनीबाट खेलकूद प्रतिभावन खेलाडी उत्पादन गरी अन्र्तराष्ट्रिय जगत सम्म पुरयाई लुम्बिनीको पहिचान कायम गराउन सरोकारवालासँग नगरपालिका हातेमालो गरी अघि बढन तयार रहेको बताए ।

सो अवसरमा रुपन्देही खेलकूद परिषदका अध्यक्ष संगम थापा, बुद्धआर्दश माबि अध्यक्ष मनमोहन चौधरी, बिद्यालय निरीक्षक बिष्णु भूषाल, समाजसेवी गंगाराम कुर्मी, पूर्ब प्राअ धु्रवचन्द त्रिपाठी ,आमा माबि शिक्षक मित्रलाल न्यौपाने लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल