१०१ वर्षिया हजुरआमाले जितिन् सय मिटरको रेस (भिडियो)

१०१ वर्षिया हजुरआमाले जितिन् सय मिटरको रेस (भिडियो)

अकल्याण्ड, वैशाख १२ – भारतकी १०१ वर्षिया मन कौरले सोमबार न्युजिल्याण्डको अकल्याण्डमा आयोजित वल्र्ड मास्टर्स गेम्सको १ सय मिटेरको रेस जितेकी छिन् ।

कौरले १ मिनेट १४ सेकेण्डमा रेस पूरा गरिन् । यो उमेरमा रेस पूरा गर्ने उनी एक्ली महिला हुन् ।

न्युजिल्याण्डको मिडियाले उनलाई चन्डीगढको चमत्कार भएको बताएको छ ।

रेसअघि उनको स्वास्थ्य जाँच गरेपछि मात्र दौडन अनुमति दिइएको थियो ।

९३ वर्षको उमेर पुगेपछि उनले आफ्ना छोरा गुरुदेवसँग एथ्लेटिक करियरको शुरुवात गरेकी थिइन् ।

रेस पूरा गरेपछि उनले नाच्दै खुसियाली मनाएकी थिइन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल