दक्षिण अफ्रिकी बलरमाथि म्याच फिक्सिङको आरोप

दक्षिण अफ्रिकी बलरमाथि म्याच फिक्सिङको आरोप

एजेन्सी

केपटाउन, बैशाख १२ – दक्षिण अफ्रिकाका पूर्व बल लोनवाबो सोसोबेमाथि म्याच फिक्सिसको आरोप लगेको छ । आरोपछि उनलाई निलम्बन गरिएको छ ।

सन् २०१५ को र्याम स्ल्याम प्रतियोगितामा गरिएको अनुसन्धानमा क्रिकेट दक्षिण अफ्रिका (सिएसए) को भ्रष्टाचारविरोधी नियमावली उल्लंघन गरेको पाइएको थियो ।

दक्षिण अफ्रिकाको घरेलु टी–२० प्रतियोगितामा म्याच फिक्सिङको आरोपमा यसअघिनै ६ जना खेलाडीहरु प्रतिबन्धमा परिसकेका छन् ।


३३ वर्षीय सोसोबेले दक्षिण अफ्रिकाका लागि ५ टेस्ट, ६१ एक दिवसीय तथा २३ टी–२० खेल खेलेका छन् ।

उनी एक वर्षदेखि व्यवसायिक क्रिकेट खेलेका छैनन् । तर, अहिले उनलाई सिएस वा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको क्षेत्राधिकारभित्र पर्ने कुनै पनि खेलमा खेल्न, प्रशिक्षण गर्न वा संलग्न हुनबाट निलम्बन गरिएको छ ।

यसअघि दक्षिण अफ्रिकाका पूर्व ब्याटसम्यान अलभिरो पिटरसनलाई म्याचफिक्सङ लुकाउन खोजेको आरोपमा २ वर्ष प्रतिबन्ध गरिएको थियो ।

सन् २०१६ को जनवरीमा दक्षिण अफ्रिकाका पूर्व स्पीनर गुलाम बोडीलाई २० वर्षको प्रतिबन्ध सुनाइएको थियो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल