न्युक्यासल प्रिमियर लिगमा फेरि फर्कियो

न्युक्यासल प्रिमियर लिगमा फेरि फर्कियो

एजेन्सी

लण्डन, बैशाख १२ – प्रेस्टनलाई आफ्नो घरेलु मैदानमा पराजित गर्दै न्युक्यासल प्रिमियर लिगमा पुनः फर्किएको ।

आयोजे पेरेज र क्रिस्टियन आट्सुले गोल गर्दै न्युक्यासललाई पहिलो हाफमा २–१ को अग्रता बनाएको थियो । जोडर्न ह्युगिलले पेरेजको गोल बराबरी गरेका थिए ।

पाउल गालाघरले रातो कार्ड खाँदै बाहिरिँदा पाएको पेनाल्टीमा गोल गर्दै म्याट रिचीले गोल गर्दै न्युक्यासलको अग्रता थप फराकिलो बनाए ।


त्यसलगत्तै पेरेजले अर्को गोल थपे पछि ४–१ को जीतसहित न्युक्यासल ब्राइटनसँगै प्रिमियर लिगमा फर्किएको हो ।

राफायल बेनिटिजको टोलीले पछिल्लो तीन खेलमा १ अंक मात्र बटुल्न सफल भएको थियो । तर, प्रेसटनले त्यसको फाइदा उठाउन सकेन ।

घरेलु टोलीले प्रेस्टनको खराब डिफेन्डिङको फाइदा उठाउँदै चारै गोल गरेको थियो ।

गत सिजन प्रिमियर लिगबाट रेलिगेसनबाट न्युक्यासललाई जोगाउन नसकेपनि बेनिटेज न्युक्यासलका समर्थकहरुको मन जित्न सफल भएका थिए ।

च्याम्पियन्स लिग विजेता प्रशिक्षकले रेलिगेसनका बावजुद न्युक्यासलको प्रशिक्षकको बन्न स्वीकार गरेका थिए । उनले तीन वर्षको करार थप गरेका थिए ।

उनमाथि क्लबका मालिकहरु विश्वास राख्दै नयाँ खेलाडी भित्र्याउन ५० मिलियन पाउण्ड खर्च गरेका थिए ।

जसको मद्दतले दुई खेल बाँकी छँदा नै न्युक्यासल पुनः पहिलो डिभिजनमा फर्कन सफल बनेको हो ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल