झिँझा र गोबर खोज्दै बित्ने गर्छ स्कुल नदेखेका मुसहर बालबालिकाको दिन

१२ वैशाख  |   रासस

झिँझा र गोबर खोज्दै बित्ने गर्छ स्कुल नदेखेका मुसहर बालबालिकाको दिन

मुसहर बालबालिका विद्यालय जाँदैनन्
मोरङ, १२ वैशाख – घरकै छेउमा विद्यालय छ । तर, मोरङको बाहुनी–बनौलमा बसोबास गर्ने मुसहर समुदायका बालबालिका विद्यालय जाँदैनन् ।

गाउँको विद्यालयमा नाम लेखाएका पनि हजुरआमा हजुरबुबालाई काम सघाउनु पर्ने भएकाले विद्यालय जान पाउँदैनन् ।

मोरङको बाहुनी सोमबारेकी अन्जना ऋषिदेव १० वर्ष पुगिन । तर उनले विद्यालय देखेकी छैनन् । उनि भन्छिन, “बुबा आमा पञ्जाब जानुभएको छ । पाँचवर्ष भयो, म र दिदी हजुरआमासँग बस्छौँ ।” हजुरआमाले सधैँ काममा पठाउने गरेकाले विद्यालय जान नपाएको हो ।

देवकुमारी ऋषिदेव विद्यालयमा भर्ना भएकी छन् । तर, उनी फुर्सदमा मात्र स्कुल जान पाउछिन । बुबाआमा नै पञ्जाब गएपछि उनको पनि हजुरआमालाई घरायसी काम सघाउँदै दिन बित्ने गर्छ ।

अझ कञ्चन ऋषिदेवका बुबा खटनाले त आमालाई मात्र होइन दाजुभाइलाई पनि पञ्जाब लागेका छन् । उमेर समेत कति भयो थाहा नपाउने कञ्चनले भनिन, छोरी जति हामी घरमा छौँ । कञ्चनकी दिदी राधिकाले भनिन, “हजुरआमा बुढी र बिरामी हुनुहुन्छ, बुबाले हामी तीनजनालाई छोडेर गएको पाँच वर्ष भयो । कहिलेकाहीँ फोन गर्नुहुन्छ । खर्च पठाउनु हुन्न।”

उनले बाबुको ब्यबहारप्रति दुःख प्रकट गरिन। बनौल र सोमबारे क्षेत्रका बालिकाको दिन नै गुइँठा बनाउने तथा झिँझा र गोबर खोज्दै बित्ने गर्छ ।

बनौल र सोमबारे क्षेत्रका अल्पसङ्ख्यक सीमान्तकृत मुसहर जातिमा स्वास्थ्यसम्बन्धी चेतना शून्य छ । प्रत्येक युवाका सरदर पाँचजना छोरी छन् ।

माटो काट्ने, पुर्ने, बाँध बाँध्ने र कृषिसम्बन्धी परम्परागत पेसा सङ्कटमा पर्दै गएपछि उनीहरू पछिल्लो १० वर्षयता भारतको पञ्जाब र हरियाणामा काम गर्न जाने गरेका छन् । यही हप्ता पञ्जाब जाने तयारी गरिरहेका बुधन ऋषिदेवले भने, “आफ्नो जमिन छैन, परिवार ठूलो भयो, खान लगाउन दिनै प¥यो ।”

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल