रुकुममा बस दुर्घटना : चार गम्भीर घाइते

१२ वैशाख  |   रासस

रुकुममा बस दुर्घटना : चार गम्भीर घाइते

रुकुम, १२ वैशाख – जिल्लाको सदरमुकाम मुसिकोट खलङ्गाबाट चौरजहारी नगरपालिका जाँदै गरेको बस सोमबार दुर्घटना हुँदा चारजना गम्भीर घाइते भएका छन् ।

चौरजहारी नगरपालिकाको नुवाकोट जाँदै गरेको ग १ ख ४२४५ नम्बरको जिप मुसिकोट नगरपालिका–४ बोहोरागाउँमा दुर्घटना भएको हो ।

-दुर्घटनामा त्रिवेणी गाउँपालिका–१० का २६ वर्षीय दुर्गाबहादुर खड्का, मुसिकोट नगरपालिका–११ का ३५ वर्षीय नैन पुन, २५ वर्षीया गीता पुन ओली र २७ वर्षीया गीता खड्का गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ ।
-घाइते सबैको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ ।
-घाइतेमध्ये गीता पुन ओलीको अवस्था जटिल रहेकाले उहाँलाई थप उपचारका लागि नेपालगन्ज रिफर गर्ने तयारी भइरहेको छ ।
-ओरालोमा गाडीको ब्रेक फेल भएपछि दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल