विश्व औलो दिवसः ज्यानै लिन सक्ने औलोको यस्ता हुन्छन् लक्षण

  |   रासस

विश्व औलो दिवसः ज्यानै लिन सक्ने औलोको यस्ता हुन्छन् लक्षण

लुम्बिनी, १२ वैशाख – रुपन्देहीको सदरमुकाम सिद्धार्थनगर (भैरहवा) औलो रोगको उच्च जोखिममा रहेको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीले गरेको सर्भेक्षणअनुसार सिद्धार्थनगर नगरपालिकाका १३ वडामध्ये वडा नम्बर १ र ३ औलोको उच्च जोखिमयुक्त क्षेत्रमा परेकोे छ । सरकारले नेपाललाई सन् २०२६ सम्म औलोमुक्त राष्ट्र घोषणा गर्ने लक्ष्यका साथ काम गरिरहेको छ ।

‘सदाका लागि औलो अन्त्य गरौँ’ भन्ने मूलनाराका साथ यस वर्ष पनि आज विश्व औलो दिवस–२०१७ मनाइँदैछ । दिवसको पूर्व सन्ध्यामा सोमबार आयोजना गरिएको कार्यक्रममा आज रुपन्देहीको बेतकुइयामा जनचेतनामूलक ¥यालीसहित विभिन्न कार्यक्रम गरी औलो दिवस मनाउन लागिएको जनस्वाथ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

के हो औलो ?
औलो एक किसिमको सरुवा रोग हो । स्वास्थ्यकर्मीका अनुसार एनोफिलिस जातको सङ्क्रमित पोथी लामखुट्टेले टोकेर एक मान्छेबाट अर्को मान्छेमा रोग सार्ने गर्दछ । औलोका बिरामीमा प्लाज्मोडियम फाल्सिपारम र भाइभेक्स जातका परजीवी पाइन्छन् । तीमध्ये प्लाज्मोडियम फाल्सिपारम सबैभन्दा घातक हो ।

-खुला सिमानाका, खाल्डाखुल्टीमा जम्ने पानीलगायतका कारण सिद्धार्थनगर उच्च जोखिममा परेको जनस्वास्थ्य कार्यालय, रुपन्देहीका प्रमुख केहरसिंह गोदारले बताए ।
अन्य जिल्लाको तुलनामा रुपन्देही सबैभन्दा धेरै औलोका बिरामी भेटिने गरेको छ

-जनस्वास्थ्य कार्यालयले गरेको सर्वेक्षणको तथ्याङ्कअनुसार रुपन्देहीमा प्रतिहजारमा शून्य दशमलव ११ जना औलो रोगको उच्च जोखिममा छन् ।

-नेपालमा औलो रोग धेरै भारतबाट भित्रिने गरेको बताइएको छ । भारतमा कामको सिलसिलामा नेपालबाट गएका नेपालीले सङ्क्रमण पछि रगत परीक्षण गर्दा यस्तो अवस्था देखिने गरेको छ ।

-औलो रोग लागेमा बेलुकापख ज्वरो आउने, दाँयापट्टि पेट दुख्ने, रिङ्गटा लाग्ने, वाकवाकी आउने तथा समयमा उपचार हुन नसके बिरामीको मृत्युसम्म हुनसक्छ ।

 

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल