मधेसी नेताको दाइजोः एक थान साइकल र बेहुलालाई लुगा

मधेसी नेताको दाइजोः एक थान साइकल र बेहुलालाई लुगा

अभिमन्यू कुमार पटेल

रौतहट, बैशाख ११– राष्ट्रिय जनता पार्टी रौतहटका युवा नेता अरुण सिंहले रौतहटको एक अपाङ्ग विधवा महिलाकी छोरीको विवाहमा एक थान साइकल र बेहुलालाई लुगा उपहार दिएका छन् ।

रौतहटको फतुवा महेशपुर घर भएकी अपांग महिला सुनैनादेवी कहारिन (विधवा)को छोरीको सोमबार भएको विवाहमा सिंहले एक थान साइकल र बेहुलालाई लगाउने लुगा उपहार दिएका हुन् ।

यसैबीच विधवाका साथै अपाङ्घ रहेकी आर्थिक अवस्था कमजोर भएको सुनैयालाई रौतहटको विकासमा सक्रिय रहेका गैरसरकारी संस्था सामुदायिक शक्ति गौरले १ क्वीन्टल चामल सहयोग गरेका छन् ।

सञ्चारकर्मीहको पहलमा साइकल, लताकपडा र चामल लगायतका सामग्री सहयोग गरिएको हो । वितरण गरिएको सामग्रीहरु ग्रहण गर्दै एकल एवम अपाङ्घ महिला सुनैनादेवीले सहयोगी हातहरुप्रति अभार व्यक्त गरिन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल