यी हुन् भरतपुर महानगरपालिकाको मेयरमा एमालेका आकांक्षी

केन्द्रमा चार जनाको नाम सिफारिस

यी हुन् भरतपुर महानगरपालिकाको मेयरमा एमालेका आकांक्षी

चितवन, बैशाख ११– नेकपा (एमाले)लाई भरतपुर महानगरपालिका प्रमुखको उम्मेदवार छान्न समस्या भएको छ । महानगर प्रमुखका लागि आकांक्षीहरु धेरै भएपछि चार जनाको नाम केन्द्रमा सिफरिस गरिएको छ ।

प्रमुखमा केशवलाल श्रेष्ठ, देवी ज्ञवाली, विजय सुवेदी र उमा कार्कीको नाम सिफारिस गरिएको जिल्ला उपाध्यक्ष तेजेन्द्र खड्काले बताए ।
महानगरको उपप्रमुखका लागि पनि तीन जनाको नाम सिफारिस गरिएको छ । उपप्रमुखमा विद्या शर्मा आचार्य, चक्र रुचाल र कल्पना सापकोटाको सिफारिस गरिएको छ ।

एमालेले रत्ननगर नगरपालिका प्रमुखमा नारायण वन र उपप्रमुखमा विमला दुवाडी तथा खैरहनी नगरपालिका प्रमुखमा लालमणि चौधरी र उपप्रमुखमा सुनिता थपलियाको नाम सिफारिस गरेको छ ।

निर्वाचन अधिकृतको कार्यालय स्थापना

सबै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्लामा रहेका पाँच नगरपालिका र एक गाउँपालिकामा सोमवार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले जानकारी दिए ।

यसअघि नै महानगरपालिकासहित हेर्ने गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकिएको थियो । यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन अधिकृतको सक्रियतामा जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयले सवै तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेका हुन् । जिल्लामा तीन लाख १३ हजार दुई मतदाता छन् ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल