कांग्रेसद्वारा भरतपुर महानगर प्रमुखमा १५ जनाको नाम सिफारिस

कांग्रेसद्वारा भरतपुर महानगर प्रमुखमा १५ जनाको नाम सिफारिस

चितवन, वैशाख ११– भरतपुर महानगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारका लागि नेपाली कांग्रेसले १५ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । नेपाली काँग्रेस चितवनले नगर समन्वय समितिले सिफारिस गरेका सबै नाम केन्द्रमा पठाएको छ ।

जिल्ला उपसभापति कैलाश कोइरालाकाअनुसार प्रमुखका लागि नगरबाट आएको ३४ र उपप्रमुखका लागि आएको १५ जनाको नाम केन्द्रमा सिफारिस गरिएको हो । क्षेत्र र नगरबाट सिफारिस भएका नामलाई केन्द्रमा सिफारिस गरिएको हो ।

समन्वय समितिले दुई दिनको समय दिएर निवेदन माग गरेको थियो । निवेदन परेका सवैको नाम जिल्लामा पठाइएको थियो । ती सबै नाम केन्द्रमा सिफारिस गरिएको कोइरालाले बताए ।

त्यसैगरी रत्ननगर नगरपालिका र खैरहनी नगरपालिका प्रमुख र उपप्रमुखमा पनि पाँच पाँच जनाको नाम केन्द्रमा पठाइएको छ । क्षेत्रले जिल्लामा सिफारिस गरेको नाम जिल्लाबाटै केन्द्रमा पठाइएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल