भोट हाल्न आतुर छन् उपल्लो डोल्पाली

भोट हाल्न आतुर छन् उपल्लो डोल्पाली

दुनै (डोल्पा), वैशाख ११– झन्डै दुईदशकपछि हुन थालेका स्थानीय तहको निर्वाचनमा भोट हाल्नका लागि डोल्पालीहरु आतुर देखिएका छन् ।

यसअघि गाँउमा सचिवहरु तथा कर्मचारीहरु नबस्ने गरेकाले सामान्य कामकालगि समेत हप्तौ हिँडेर सदरमुकाम पुग्नु पर्ने बाध्यता हट्ने भन्दै उनीहरु खुशी देखिएका छन् ।

सदरमुकामको महंगीले दशौ हजार खर्च हुन्थ्यो, स्थानीय निकायको पुनःसंरचनासँगै गाउँ गाउँमा कार्यालयहरु स्थापना भएपछि दैलोमै राज्यको महशुस फोक्सुन्डो गाँउपालिकास्थित साल्दाङ्का उड्केन बुढा बताउँछन् ।

फेरि पनि विभिन्न भौगोलिक कारण देखाउँदै पहिलाको जस्तो कर्मचारी नबस्ने गरेपछि उपल्लो डोल्पालीको नियति पुरानै हुनसक्नेमा बुढाले आशंका व्यक्त गरे ।

– रामचन्द्र न्यौपानेबाट

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल