सूचना भण्डारण केन्द्र’ स्थापना गरिने

सूचना भण्डारण केन्द्र’ स्थापना गरिने

काठमाडौँ, वैशाख ११ – सरकारी सूचना व्यवस्थित गर्न सूचना विभागमा ‘सूचना भण्डारण केन्द्र’ स्थापना गरिने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सरकारसँग भएका सबै सूचनालाई केन्द्रिकृत गरिने बताए ।

संविधानले दिएको सूचनाको हक (आरटिआई) लाई प्रवद्र्धन गर्ने र सबै हुलाक कार्यालयबाट सूचना सङ्कलन गरी केन्द्रमा राखिने उनले जानकारी दिए ।

सञ्चारमन्त्री कार्कीले कर्णालीका जिल्लामा पनि इन्टरनेट सेवा प्रदान गर्ने कार्यक्रम अगाडि बढेको उल्लेख गर्दै सेवासँगै उपभोग गर्ने विषयवस्तु पनि उपलब्ध हुनुपर्ने बताए ।

शिक्षा, स्वास्थ्य, बैंकिङ लगातका सेवा दिने व्यवस्था मिलाउनुपर्नेमा जोड दिदैं उनले विदेशीबाट गाउँगाउँमा आउने विप्रेषण, वृद्धि भत्ता तथा रेडियोको नवीकरण गर्ने व्यवस्था पनि हुलाकमार्फत गरिने जानकारी दिए ।

सूचना केन्द्रमार्फत नयाँ पुस्तालाई ज्ञान हस्तान्तरण गर्नुपर्ने बताउँदै मन्त्री कार्कीले सरकारका सबै सूचना पारदर्शीरुपमा जनतामा पुर्याउने सबै मन्त्रालयलाई आग्रह गरे ।

सूचना विभागका महानिर्देशक वीरबहादुर राईले विभिन्न मन्त्रालयमा भएका गतिविधिलाई आम जनतासमक्ष पुर्याउन नियमितरुपमा पत्रकारसँग भेटघाट गरिने जानकारी दिए । रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल