मन्त्री र कलाकारले गरे प्रदीपलाई अन्तिम बिदाई

मन्त्री र कलाकारले गरे प्रदीपलाई अन्तिम बिदाई

काठमाडौं, बैशाख ११– भारतको कलकत्तास्थित कलकत्ता मेडिकल एण्ड रिसर्च सेन्टरमा शुक्रबार साँझ ५ बजे निधन भएका कलाकार प्रदीप सिंहलाई आज कमलादी स्थित प्रज्ञा प्रतिस्ठानमा कलाकर्मीहरुले श्रद्धान्जली दिएका छन् ।

दिनको तीन बजेर तिस मिनेट जादा एयर इन्डिया बिमानबाट उनको पार्थीव शरिरलाई त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थल ल्याइपुर्याइएको थियो । बिमान स्थिलबाट पार्थीव शरिलाई सोझै प्रज्ञा भवनमा श्रद्धान्जलीका लागि पुर्याएक्ँे थियो ।

करिब एक घन्टा प्रज्ञा भवनमा राखिएको पार्थीव शरिलाई सुचना तथा संचार मन्त्री सुरेन्द्र कार्की, कलाकार संघका अध्यक्ष रामकेसर बोगटी, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, बरिष्ठ चलचित्रकर्मी नीर शाह, कलाकार कृष्ण मल्ल, बसुन्धरा भुसाल, भुवन चन्द लगायत तीन दर्जन बढी कलाकार्मीले श्रद्धान्जली अपर्ण गरेका थिए । श्रद्धान्जलीका क्रममा उपस्थित अधिकाम्सले ब्यक्तिले उनको कलायात्रा, स्वभाव, योगदा लगायत बिषयमा चर्चा गरेका थिए ।

पार्थीव शरिरमा कलाकार संघका अध्यक्ष रामकेसर बोगटी र बरिष्ठ कलाकार नीर शाहले कलाकार संघको झण्डा समेत ओडाएका थिए ।

प्रज्ञाभवन पछि बौद्ध परिक्रमका लागि लगिएको पार्थीव शरिर आजै पशुपती अर्यघाटमा अन्त्येष्टी गरिने परिवारले बताएका छन् ।

२०४१ सालमा निर्मित ‘२५ औं बसन्त’बाट अभिनयमा डेब्यु गरेका उनले ‘चिनो’, ‘दुई थोपा आँशु’, ‘देउता’, ‘रहर’, ‘मितज्यू’, ‘कोसेली’ र ‘बलिदान’लगायतका करिब सय हाराहरीका चलचित्रमा अभिनय गरेका छन् ।

‘मितज्यू’ लगायत केही चलचित्रका निर्माता समेत रहेका उनी छोटा तथा भिडियो चलचित्र निर्माणमा समेत देखिदै आएका थिए । केही समय बौद्धको पृथ्वी चलचित्र भवनको समेत संचालक बनेका उनी चलचित्र कलाकार संघको कार्यसमितिमा दुई–दुई पटक निर्वाचित भएका थिए ।

कलाकारितासँगै सामाजिक काममा पनि उत्तिकै सक्रिय उनी मृगौलाको रोगबाट पिडित थिए । केही पहिले मृगौला प्रत्यारोप गरेका उनलाई पछिल्लो समय चालिस दिनअघि उपचारका लागि कलकत्ता पुर्याइएको थियो ।
२०१५ असार १४ गते काठमाडौंको बौद्धमा जन्मिएमा प्रदीपको एक छोरा, दुई छोरी र श्रीमती छन् ।

– श्रद्धान्जली पछि मन्त्री कार्कीले देशकै गहना बनेका कलाकार मध्य एक प्रदीपलाई गुमाउनु पर्दा धेरै दुःख महशुस भएको बताए ।
– श्रद्धाञ्जीली दिदै कलाकार नीर शाहले मिलनसार र सरल किसिमको व्यक्ति भएकाले पनि प्रदिपलाई सधैँ ‘मिस’ गरिरहने बताए ।
– कलाकार संघका अध्यक्ष रामकेशर बोगटीले प्रदीको निधनले कलाकार संघलाई अपुरणिय क्षती पुगेको बताए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल