‘लोकतन्त्रमा दलहरु मिल्नुको विकल्प छैन’

‘लोकतन्त्रमा दलहरु मिल्नुको विकल्प छैन’

तुलसीपुर, बैशाख ११– लोकतन्त्रको संस्थागत विकासका लागि दलहरु मिल्नुको विकल्प नरहेको तुलसीपुरमा सोमवार आयोजित एक कार्यक्रमका वक्ताहरुले वताएका छन् ।

लोकतन्त्र दिवसको अवसरमा मानवअधिकार तथा शान्ति समाज दाङ शाखाले तुलसीपुरस्थित बीपी चोकमा आयोजना गरेको दीप प्रज्वलन कार्यक्रमका वक्ताहरुले लोकतन्त्र अझै पनि पुर्ण रुपमा संस्थागत हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे ।

उनीहरुले सवै वर्गहरुको अधिकार प्राप्तिका लागि लोकतन्त्रलाई बलियो वनाउन आवश्यक रहेकोमा समेत जोड दिए । कार्यक्रममा सामाजिक अभियन्ता प्रमोद कुमार न्यौपाने, समाजसेवी टेकराम खड्का, पत्रकार महासंघ दाङ शाखाका सदस्य भरतराज शर्मा, रिपोटर्स क्लव दाङका कोषाध्यक्ष बालाराम खड्का लगायतले आफ्नो धारणा राखेका थिए ।

शान्ति समाज दाङका कोषाध्यक्ष निर्मला योगी डिसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण समाजका सदस्य सम्झना डाँगीले गरेका थिए ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल