दलित महिलालाई प्रेम विवाह गरेर अलपत्र छाडेको आरोप

दलित महिलालाई प्रेम विवाह गरेर अलपत्र छाडेको आरोप

काठमाडौं, वैशाख ११– ललितपुरको जावलाखेलमा वस्दै आएकी एक २७ बर्षिया दलित महिलाले आफूसँग एक उच्च खानदानका व्यक्तिले प्रेम विवाह गरेर अलपत्र पारेको भन्दै न्यायका लागि ललितपुर जिल्ला अदालतमा मुद्धा दर्ता गराएकी छिन् ।


दिपेश अर्याल ( दिपु) भन्ने व्यक्तिले आफूसँग अन्तरजातीय प्रेम विवाह गरेको र परिवारको दवावमा एकाएक छाडेर अलपत्र पारेको उनले बताएकी छिन् ।
सुरुमा चिनजानकै भरमा दिपेशले आफुलाई प्रेम प्रस्ताव राखेको र ०६६ साल माघ १५ गते काठमाडौंको भद्रकालीमा अन्र्तरजातीय विवाह गरेको पीडितले वताइन ।

‘म र दिपेशविच प्रेम विवाह भएको हो, सुरुमा उसैले प्रस्ताव गरेको हो,’ न्यायको खोजीमा रहेको भन्दै आइतबार रातोपाटीको कार्यालयमा आइपुगेकी उनले भनिन्, ‘पछि उनकी दिदी अस्मिता सुमार्गी, र अन्य दिदी वहिनीको समेत दववामा उसले मलाई छाडेको हो ।’
साथमा आफूसँग ६ वर्षको एक छोरी समेत रहेको वताउने पीडितले दिपेशकी दिदी अस्मिता सुमार्गीले बारम्बार सम्बन्ध तोड्न दवाव दिदै आएको वताइन् । अस्मिता सुमार्गीले आफ्नो भाइलाई डिभोर्स दिन र डिभोर्सको बदलामा काठमाडौमा घर किन्दिने र बैङक ब्यालेन्स पनि राखिदिने प्रलोभन समेत आफूलाई दिएको पीडितले बताइन् । ‘मलाई डिभोर्स गर्न भनियो, त्यो वापत घर, पैसा पनि दिने वताएका थिए,’ उनले भनिन्, ‘मैले दिपेशलाई छोड्न मानिन् ।’

पीडितका अनुसार दिपेश अहिले पनि अस्मिता सुमार्गीकै घरमा वस्ने गरेका छन् । उनले लामो समय कुर्दा समेत दिपेश सम्पर्कमा नआएपछि न्यायका लागि ललितपुर जिल्ला अदालतमा मुद्धा दर्ता गराएको बताएकी हुन् । दिपेशले आफुलाई छल्न केही समय अघि मात्र अर्कोविवाह गरेको समेत पीडितको भनाइ छ । उनले दिपेशलाई वहुविवाहमा समेत मुद्धा दर्ता गराएकी छिन् । सुप्रियाले अदालतमा मुद्धा दायर गरेर अहिले न्यायको लडाइ गरिरहेको वताइन् ।

सुप्रिया र दिपेशवीचको सम्वन्धका विषयमा वुझ्ने प्रयास गर्दा दिपेश अर्यालसँग पटक पटक सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल