फेसबुकमार्फत आर्थिक संकलन गरि खेलमैदान निर्माण

फेसबुकमार्फत आर्थिक संकलन गरि खेलमैदान निर्माण

म्याग्दी, बैशाख ११ – सामाजिक सञ्जाल फेसबुकको सहायताले प्रवासमा रहेका म्याग्देलीले आर्थिक संकलन गरि व्यवस्थित खेलमैदान पुनःनिर्माण गरेका छन् ।
बेनी नगरपालिका–९ मा रहेको काउलेगौडा युवा क्लबको खेलमैदान पुननिर्माणमा प्रवासमा रहेका युवाहरुले मात्रै आर्थिक स्रोत जुटाएका हुन् ।
मोना जापानका सल्लाकार गणेश श्रेष्ठको संयोजकत्वमा गठित आर्थिक संकलन समितिले संकलन गरेको रु ४ लाख १५ हजार मध्ये खेलमैदानको ढलान र घेराबारमा रु ४ लाख १० हजार खर्च भएको समितिले जनाएको छ ।
फेसबुकमार्फत रोजगारको शिलशिलामा विदेशमा विभिन्न मुलुकमा छरिएर रहेका गाउँका युुवाहरुको ग्रुपमार्फत खेलमैदान निर्माणका लागि आर्थिक संकलन अभियान सुरु गरिएको हो । भलिबल खेल मार्फत क्लबले जिल्ला र राष्ट्रिय रुपमै पहिचान बनाउन सफल भएपनि व्यवस्थित खेलमैदानको अभाब भएकाले प्रवासमा रहेका स्थानीयबासीबाटै सहयोग जुटाएर खेलमैदानको मर्मत गरिएको आर्थिक संकलन अभियानका संयोजक श्रेष्ठले बताए ।
प्रवासमा रहेका स्थानीय युवाहरुको सक्रियतामा सहयोग जुटाएर भलिबल कोर्ट बाहेकको अन्य चारतर्फको खेलमैदानलाई ढलान सहित स्तरबृद्धि गर्दै घेराबार समेत गरिएको क्लबका अध्यक्ष चिरञ्जीवी सुवेदीले बताए ।
खेलमैदानको पुनःनिर्माण भएपछि खेलाडिहरुलाई खेलकुदका गतिविधि गर्न सहज भएको छ । भने नजिकै रहेको विद्यालयका विद्याथीलाई अभ्यासको लागि सहज भएको समितिले बताएको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल