जिप दुर्घटनामा एकको मृत्यु

जिप दुर्घटनामा एकको मृत्यु

सोलुखुम्बु, ११ वैशाख । दूधकौसिका गाउँपालिका–८ देउसामा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन् ।

सोताङ गाउँपालिका–५ मसेदा निवासी ३० वर्षीया विष्णुमाया बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, सोलुखुम्बुले जनाएको छ ।

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ । दुई महिनाको शिशुसहित घाइते सबैको उद्धार गरी जिल्ला अस्पताल फाप्लु ल्याइँदैछ ।

दूधकौसिका गाउँपालिका–८ दिप्लीघाटबाट कटारीका लागि छुटेको बा१२च ३६४७ नंको बोलेरो उकालोमा ब्रेकफेल हुँदा दुर्घटना भएको घटनास्थलबाट ट्राफिक प्रहरी इन्चार्ज भेषबहादुर थापाले जानकारी दिए ।

जिप सडकदेखि करिब ७० मिटर तल खसेको थियो । रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल