थाहा नगरपालिकामा माओवादी केन्द्रबाट बिष्ट प्रमुख र गोपाली उपप्रमुखमा सिफारिस

थाहा नगरपालिकामा माओवादी केन्द्रबाट बिष्ट प्रमुख र गोपाली उपप्रमुखमा सिफारिस

हेटौँडा, ११ वैशाख । नेकपा माओवादी केन्द्रले थाहा नगरपालिकाको प्रमुख र उपप्रमुखका उम्मेदवारको टुङ्गो लगाएको छ । बैठकले प्रमुखमा पार्टीका केन्द्रीय सदस्य लवशेर विष्ट र उपप्रमुखमा जिल्ला सदस्य शकुन्तला गोपालीको नाम सिफारिस गरेको जिल्ला संयोजक प्रेमबहादुर पुलामीले जानकारी दिए ।

थाहा आन्दोलनका प्रणेता रुपचन्द्र बिष्टको जन्मथलो रहेको यस नगरमा सबै ठूला तीनवटै दलले आफ्नो जित हुने विश्लेषण गरिरहेका छन् तर हालसम्म नेपाली काँग्रेस र नेकपा एमालेलगायत अन्य दलले भने उम्मेदवार घोषणा गरेका छैनन् । रासस

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल