बैंग्लोरको लज्जास्पद पराजय : आइपीएलको इतिहासकै न्यून स्कोर समेटियो

बैंग्लोरको लज्जास्पद पराजय : आइपीएलको इतिहासकै न्यून स्कोर समेटियो

कोलकाता, वैशाख १० – इन्डियन प्रिमियर लिग (आइपीएल) को इतिहासमा नै सबैभन्दा न्यून स्कोरमा समेटिँदा रोयल च्यालेन्सर्ज बैंग्लोर कोलकाता नाइट राइडर्ससँग ८२ रनले पराजित भएको छ ।

कोलकाताले प्रस्तुत गरेको १३२ रनको मध्यम स्कोर पछ्याउने क्रममा बैंग्लोर मात्र ९.४ ओभरमा ४९ रनमा समेटिएको हो ।

न्याथन काउल्टर नाइल, कोलिन डे ग्रान्डहोम र क्रिस वोक्सले समान ३–३ विकेट लिएपछि बैंग्लोर टी–२० इतिहासकै १० औँ कम स्कोरमा अल आउट हुन पुग्यो ।

क्रिस गेल, विराट कोहली, एबि डिभेलियर्सजस्ता ब्याटसम्यानहरुले पनि दोहोरो अंकमा रन जोड्न सकेनन् ।

यसअघि सुनिल नरेनको तीव्र गतिमा ३४ रनको मद्दतले कोलकाताले १९.३ ओभरमा अलआउट हुदै १३१ रन बनाएको थियो ।

कप्तान गौतम गम्भिर र सुनिलले कोलाकतालाई राम्रो सुरुवात दिलाए पनि युजभेन्द्र चाहालले ३ विकेट लिए पछि मध्यम स्कोरमा समेटिएको थियो ।

जीतसँगै कोलकाता दोस्रो स्थानमा रहेको छ भने बैंग्लोर पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

Golden Oak
Subusu inner banner

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस

रातोपाटी स्पेशल